+
+

जनवरीबाट बन्द हुँदै छ गुगल टिभी

एजेन्सी एजेन्सी
२०८० पुष १ गते १२:५५

गुगलले आफ्नो लोकप्रिय सर्भिसको रुपमा रहेको गुगल टिभी बन्द गर्ने भएको छ ।

सन् २०२० मा लञ्च भएको गुगल टिभी आगामी जनवरीदेखि बन्द गर्ने तयारी गुगलेको छ ।

लञ्च भएको सुरुआतमा निकै आकर्षण पैदा गरेको गुगल टिभीले समय बित्दै जाँदा आफ्नो लोकप्रियतालाई कायम राख्न सकेको थिएन । यस्तो अवस्थाका बीच गुगलले यसलाई बनद गर्ने निधो गरेको हो ।

गुगल टिभीसँगै गुगल प्ले मूभिज एण्ड टिभी एपलाई जोडिएको थियो । अर्थात् गुगल प्ले मूभिज तथा टिभीका डेटालाई गुगल टिभीमा सारिएको थियो ।

यस विषयमा गुगलले जानकारी गराएको छ र सोही अनुसार गुगल टिभी एपलाई हटाइएको छ । तथापि यो एप हाल एन्ड्रोइड टिभी तथा वेब सर्भिसमा उपलब्ध रहेको भए पनि प्रयोग भने गर्न नसकिने गुगलले आफ्नो सपोर्ट पेजमा उल्लेख गरेको छ ।

अर्थात् यदि तपाईंले गुगल प्ले मूभी वा गुगल टिभी प्रयोग गर्ने गर्नुभएको छ भने अब यो एन्ड्रोइड टिभीमा उपलब्ध हुनेछैन । तर, यसको युट्युब भने गुगल टिभीमा उपलब्ध रहेको छ । यो सर्भिस आगामी जनवरी १७ देखि बन्द हुनेछ ।

स्मरण रहोस् गुगलले यसअघि गुगल प्लस, गुगल प्ले म्युजिक, गुगल अल्लो लगायतका विभिन्न सर्भिस बनद गरिसकेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?