+

शीतकालीन युथ ओलम्पिक दक्षिण कोरियामा सुरु, नेपालबाट दुई खेलाडी सहभागी

२०८० माघ  ५ गते २०:०२ २०८० माघ ५ गते २०:०२
शीतकालीन युथ ओलम्पिक दक्षिण कोरियामा सुरु, नेपालबाट दुई खेलाडी सहभागी

५ माघ, काठमाडौं । दक्षिण कोरियाको गाङवनमा शुक्रबारदेखि शीतकालीन युथ ओलम्पिक सुरु भएको छ ।

शुक्रबार एक भव्य समारोहबीच प्रतियोगिताको उद्‌घाटन भएको हो । दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले प्रतियोगिताको उद्‌घाटन गरे ।

यो शीतकालीन युथ ओलम्पिकको छैटौं संस्करण हो । प्रतियोगितामा नेपालका तर्फबाट दुई खेलाडीको सहभागिता छ । जसमा पुरुषतर्फ छोवाङ विन्गुर तामाङ र महिलातर्फ लक्ष्मी राईको सहभागिता छ । प्रतियोगिता फेब्रुअरी १ सम्म सञ्चालन हुनेछ ।

उद्‌घाटन  समारोहमा आयोजित मार्चपासमा छोवाङले नेपालको झण्डा बोकेका थिए । छोवाङ र लक्ष्मी दुवैले स्लालम र जायन्ट स्लालममा भाग लिनेछन् । प्रशिक्षक भने सफलराम श्रेष्ठ छन् ।

उनीहरूले यसअघि १५ दिनको विशेष प्रशिक्षण कार्यक्रम ‘ड्रिम प्रोजक्ट’ मा पनि सहभागिता जनाएका थिए ।

शीतकालीन युथ ओलम्पिकमा नेपालको यो तेस्रो सहभागिता हो । यसपल्टको शीतकालीन युथ ओलम्पिकमा कुल ७८ देशका १ हजार ८ सय २ खेलाडीको सहभागिता रहनेछ । सहभागी खेलाडी यू–१९ समूहका रहेका छन् ।

शीतकालीन ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय