+

अनलाइनखबरकर्मी नेपालसहित ९ खेल पत्रकार सम्मानित

२०८० माघ  १७ गते २०:३८ २०८० माघ १७ गते २०:३८
अनलाइनखबरकर्मी नेपालसहित ९ खेल पत्रकार सम्मानित

१७ माघ, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अनलाइनखबरकर्मी गोविन्दराज नेपालसहित ९ खेल पत्रकारलाई सम्मान गरेको छ ।

मन्त्रालयकाे राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कारबाट गोरखापत्र अनलाइनका गोविन्द रेग्मीलाई सम्मान गरेकाे छ । युवा तथा खेलकुद मन्त्रालयले देशभरबाट प्राप्त आवेदनको मूल्यांकनका आधारमा छनोट गरी ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो ।

मन्त्रालयले प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ बागमती प्रदेशबाट गोविन्दराज नेपाल (अनलाइनखबर), कोशी प्रदेशबाट हरिप्रसाद कोइराला (गोरखापत्र दैनिक), मधेश प्रदेशबाट तिवारी यादव (नयाँ पत्रिका), गण्डकी प्रदेशबाट रोहितराज पराजुली (नयाँ पत्रिका)लाई सम्मान गरेको छ ।

यस्तै लुम्बिनीबाट रिखीराम जिसी (समाधान दैनिक), कर्णाली प्रदेशबाट नन्दराम जैसी (हिमालयन टाइम्स), सुदूरपश्चिम प्रदेशबाट नवाज पनेरु (बाह्रखरी अनलाइन) र महिलाबाट दैलेखकी रजनीकुमारी योगी (गोरखापत्र) लाई सम्मान गरेको छ ।

प्रोत्साहन पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । मन्त्रालयले खेलकुद क्षेत्रमा निरन्तर कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

गोविन्दराज नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय