+

जुडो टोलीको बिदाइ

२०८१ वैशाख  २५ गते २०:०३ २०८१ वैशाख २५ गते २०:०३
जुडो टोलीको बिदाइ

२५ वैशाख, काठमाडौं । काजाखस्तान बरिसी ग्रान्ड स्लाममा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली जुडो टोली बुधबार काजाखस्तानको अस्ताना प्रस्थान गर्ने भएको छ ।  प्रतियोगिता मे १० देखि १२ तारिखसम्म हुनेछ ।

पेरिस ओलम्पिकका लागि छनोट आधारका रूपमा रहेको प्रतियोगितामा मनीता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । मनीता ओलम्पिक सोलिडारिटी छात्रवृत्ति प्राप्त खेलाडी भएको नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष श्रेष्ठले जनाएका छन् । प्रशिक्षकमा देबु थापा छिन् ।

टोलीलाई सफलताको शुभकामना दिंदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

जुडो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय