+

रारा कप कबड्डीको दुवै उपाधि सुर्खेतलाई

२०८१ वैशाख  २८ गते १५:४८ २०८१ वैशाख २८ गते १५:४८
रारा कप कबड्डीको दुवै उपाधि सुर्खेतलाई

२८ वैशाख, मुगु । मुगुको राराताल किनारमा आयोजना भएको कर्णाली प्रदेशस्तरीय रारा कप खुला महिला तथा पुरुष कबड्डी प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ ।

शुक्रबार भएको फाइनलमा पुरुषतर्फ दैलेखलाई हराउँदै सुर्खेतले उपाधि हात पार्‍यो । महिलातर्फ पनि सुर्खेतले सल्यानलाई हराउँदै प्रथम स्थान प्राप्त गर्‍यो ।

फाइनल प्रतियोगितामा पुरुषतर्फ सुर्खेतले ४७ अंक प्राप्त गर्दा दैलेखले २९ बनाएर उपविजेता बन्यो । त्यस्तै महिलातर्फ सुर्खेतले २९ अंक प्राप्त गर्दा सल्यानले २७ अंक मात्र प्राप्त गर्‍यो ।

प्रतियोगितामा कर्णाली प्रदेशका पुरुष टिमतर्फ हुम्ला बाहेक ९ जिल्लाको सहभागिता थियो । महिला टिमतर्फ डोल्पा, हुम्ला र रुकुमपश्चिम बाहेकका ७ जिल्लाको सहभागिता थियो ।

बुधबारबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चलेको थियो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग र मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको थियो ।

कबड्डी रारा कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय