+

राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण

२०८१ वैशाख  २८ गते १८:५९ २०८१ वैशाख २८ गते १८:५९
राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण

२८ वैशाख, काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आवश्यक कागजात शुक्रबार उपलब्ध गराएको छ ।

फिफा विश्वकप छनोट र एसियाली छनोटको खेल सञ्चालन गर्ने सम्बन्धमा दशरथ रंगशालाको अवस्थाबारे एएफसीले प्रारम्भिक अनुगमन पश्चात माग गरेको विवरण राखेपले एन्फालाई दिएको हो । उक्त विवरण शुक्रबारै एन्फाले एएफसीमा पठाउने तयारी गरेको छ ।

एएफसीले एन्फालाई दुवै छनोट प्रतियोगिताका खेल खेलाउन दशरथ रंगशाला उपयुक्त हुने आधारसहित चार बुँदे विवरण माग गरेको थियो ।

एएफसीले एन्फालाई स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाक्वुएसन प्लान, कोलर कोडेड फ्लोर प्लान डायग्राम र रिस्क एनालाइसिस स्पेसिफिक टु दि स्टेडियमका विषयमा जानकारी माग गरेको थियो ।

सो विषयमा एन्फाले राखेपलाई एएफसीमा पठाउन विवरण माग गरेकोमा राखेपले प्राविधिक परामर्शदाताको सहयोगमा अध्ययन पश्चात तयार पारेको सम्पूर्ण विवरण एन्फालाई दिएको हो ।

बिहीबार मात्रै संसदीय समितिमा दशरथ रंगशालाको अवस्थाबारे प्रश्न उठ्दा राखेपका सदस्य सचिव टंकलाल घिसिङले यही हप्ताभित्र विवरण उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसको भोलिपल्ट नै राखेपले एन्फालाई विवरण दिएको छ ।

सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठले एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलाई विवरण हस्तान्तरण गरे ।

फिफा विश्वकप र एसियाली छनोटअन्तर्गत नेपालले यूएईविरुद्ध जेठ २४ गते दशरथ रंगशालामा ‘होम म्याच’ खेल्दैछ ।

दशरथ रंगशाला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय