
काठमाडौं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले बाँकेको नेपालगञ्जमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । गजानन् अटो ट्रेडिङले सञ्चालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ ।
पश्चिम नेपालको पहिलो जिप शोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य संघ–नेपालगञ्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरेका छन् । उद्घाटन कार्यक्रममा उनले जिप ब्रान्ड पश्चिम नेपालको अटोमोबाइल बजारमा आउनु खुसीको कुरा भएको बताए ।
एमएडब्लु ग्रुपका प्रमुख महानिर्देशक चिरञ्जीवी शाहले तीन वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जिप शोरुमको अपेक्षा गरिरहेको भन्दै त्यही अपेक्षा पूरा गर्न पाएकोमा खुसी महसुस भइरहेको बताए । ‘हामीलाई आशा छ यो डिलरसिपले जिप परिवारमा आबद्ध हुन चाहने ग्राहकलाई सहज बनाउनेछ,’ उनले भने ।
जिप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको कम्पनीले जनाएको छ । जिपले यसै आर्थिक वर्षमा पाँच अन्य स्थानमा शोरुम र सर्भिस आउटलेट शुरु गर्ने र यसले महत्वपूर्ण भौगोलिक क्षेत्र र ‘कस्टमर बेस’लाई कभर गर्ने कम्पनीले विश्वास लिएको छ ।
जिपले ‘रोडसाइड असिस्ट्यान्स’सहित चौबिसै घन्टा र ३६५ दिन सेवा दिइरहेको र यो वर्ष चूनौतीपूर्ण बजार अवस्थाका बाबजुत जिपले ‘इम्प्रेसिभ ग्रोथ’ गरिरहेको कम्पनीको भनाइ छ ।
गजानन् अटो ट्रेडिङका प्रबन्ध निर्देशक कुबेर सोनीले नेपालगञ्जका ग्राहकका लागि अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपिरियन्स दिन पाउँदा आफू निकै उत्साहित भएको बताए ।
प्रतिक्रिया 4