महिला लिग फुटबलको पहिलो चरण चितवनमा हुने
२०७८ फागुन ३ गते १८:२७
३ फगुन, काठमाडौं । महिला लिग फुटबलको पहिलो चरणको खेल चितवनमा हुने भएको छ । लिगको पहिलो चरणको खेल सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यस लिगमा आठवटा टोली समावेश हरेका एन्फाले जनाएको छ ।
जसमा नेपाल प्रहरी क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका, विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका गरी ६ पुराना टोली र यस पटकदेखि पहिलो पटक सहभागी हुने ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाको टोली रहने एन्फाले जनाएको छ ।
खेलहरू भरतपुर महानगरपालिकाका-७/१९ मा हुने बताइएको छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4