+
+

मूख्य सहरहरुमा व्यवसाय विस्तार गर्दै ‘कार्ज-स्पा’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १३:३४

११ फागुन, काठमाडौं । कार, मोटर साइकल तथा साइकलहरुको सफाई गरी टल्काउने ‘कार स्पा’ ले काठमाडौंका मूख्य सहरहरुमा सेवा विस्तार गर्न सुरु गरेको छ । काठमाडौंको कालोपुलमा रहेको स्पाले केही दिन अघिमात्रै प्रदेश-१ को इटहरीमा आफ्नो सेवा विस्तार गरेको छ । चाडै नारायणगढ र पोखरामा समेत स्पाको शाखा विस्तार गर्ने तयारी रहेको कम्पनीकी प्रवन्ध निर्देशक शश्तीका राणाले बताइन् ।

‘कार-स्पा’ भारतीय चेन व्यवसाय हो । नेपालसहित भारत, भुटान, केन्या, ओमान र साउदी अरेबिया जस्ता देशहरुमा ३५० भन्दा धेरै स्टुडियोहरु निर्माण गरी कार स्पाले सेवा दिइरहेको छ । नेपालमा पनि सेवा शुरु गरेको करिब एक दशक भइसकेको प्रवन्ध निर्देशक राणाले बताइन् । सर्वसाधारणको माग बढेकाले उपत्का बाहिर सेवा विस्तरा गर्न लागिएको उनको भनाइ छ ।

कार, मोटरसाइकलहरु तथा माउन्टेन बाइकहरु नियमित रुपमा कार स्पामा जाने गरेका छन् । बाहिर देखिएका केरमेटहरु साथै कारलाई चम्किलो बनाउका लागि कार स्पाले काम गर्नेछ । पुरानो कारहरु पनि लिएर गए पछि कार स्पाबाट फर्किदा नयाँ अनुभुती गर्न सकिने उनले बताइन् । उनका अनुसार कार स्पाजले कारको डिटेलिङ सेवा उपलब्ध गराउँछ ।

जसमा विभिन्न मर्मत र सुधार प्रक्रियाहरू समावेश छन् । प्रत्येक कोणबाट एकदमै राम्ररी सफा गर्ने, सुख्खा भ्याकुमिङ गरी भित्री र बाहिरी गहिरो सफाई सेवाहरू प्रदान गर्ने उनले बताए । काम स्पामा काम गर्नेहरु पनि भारतबाट दक्ष कामदारहरु राखिएको छ । उनीहरुले सानो घुमाउरो, एक्सिडेसन चिन्हहरू हटाउने र चम्किलो फिनिस प्रदान गर्ने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?