जलवायु परिवर्तन तथा उष्णीकरणका कारण ध्रुविय क्षेत्रको हिउँ त्रि्र रुपमा पग्लिँदै गएको र यो वर्षो गृष्मयाम सम्ममा ध्रुविय क्षेत्र हिउँ वीहिन हुने खालका वैज्ञानिक भविष्यवाणीलाई गलत सावित गर्दै ध्रुविय क्षेत्रमा हिउँको मात्रा दोब्बरले बढेको तथ्य र्सार्वजनिक भएको छ ।
पछिल्लो एक वर्षा ध्रुविय क्षेत्रको तापक्रम घटेको र ध्रुविय सागरको हिउँ ६० प्रतिशतले बढेको पछिल्लो अध्ययनले देखाएको छ । ग्रिष्मयाम पोहोर भन्दा चिसो भएको र वाषिर्क शितयाम सुरु हुनु भन्दा अघि नै हिउँ जम्न सुरु भैसकेको वैज्ञानिकहरुको भनाइ छ ।
उत्तर ध्रुविय सागरको अविछिन्न हिउँ क्यानाडियन टापुदेखि रुसको उत्तरी क्षेत्रसम्मै फैलिएको छ, जुन युरोपको क्षेत्रफलको आधा छ ।
ध्रुविय क्षेत्रको हिउँको यो बढोत्तरीका आधारमा केही वैज्ञानिकहरुले पृथ्वी चिसो हुने युग सुरु भएको र यस्तो सेलाउने क्रम यो शताब्दीको मध्य सम्म जारी रहने बताएका छन् । सन् १९९७ देखि नै विश्वव्यापी उष्ण्िाकरणको क्रम बन्द भएको र पृथ्वी तातिरहेको भन्ने कम्प्युटर नतिजाहरु गलत रहेका कतिपय वैज्ञानिकहरुको जिकिर छ ।
बेलायती संचार माध्यम मेल अनलाइनले सन् २००७ मा बीबीसीले गरेको ध्रुविय क्षेत्रको हिउँ पग्लेर सकिने भन्ने भविष्यवाणीलाई खिल्ली उडाउँदै आफुले ब्रेकिङ गरेको पछिल्लो समाचारले विश्वव्यापी उष्णीकरणका विषयमा भएका सबै होहल्लाहरु गलत रहेको दाबी गरेको छ । अनलाइनका अनुसार यो समाचारका कारण राष्ट्रसंघीय जलवायु संस्थाले समेत आफ्नो आकस्मिक बैठक डाक्न बाध्य भएको छ । आइपीसीसीले यहीँ महिनाको अन्त्यतिर स्विडेनमा एक बैठक गर्ने भएको बताइएको छ ।
जलवायु परिवर्तनको मुख्य कारकतत्व मानिस नै भएको र मानवीय क्रियाकलापका कारण उर्त्र्सजन भएको हरितगृह ग्यासकै कारण उष्ण्िाकरण भएको आइपीसीसी को रिपोर्टका कतिपय तथ्यहरुमा संसोधन गर्नका लागि पछिल्लो समाचारले दबाब सिर्जना गर्ने अनुमान कतिपयले गरेका छन् । औद्योगिक राष्ट्रहरुले मानव सिर्जित हरितगृह ग्यासका कारण मात्र नभएर जलवायु परिवर्तनमा प्राकृतिक कारण मुख्य रहेको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया 4