+
+

कांग्रेस पदाधिकारीले राष्ट्रपतिलाई भेट्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १२:१६

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्दैछन् ।

भण्डारीलाई भेट्न देउवा पार्टी पदाधिकारीसहित दिउँसो २ बजे राष्ट्रपति भवन शितल निवास जाँदैछन् ।

‘राष्ट्रपति भण्डारीलाई भेट्न जाने खबर भर्खरै आयो,’ कांग्रेसका एक पदाधिकारीले अनलाइनखबरसँग भने,‘सरकारको प्रमुखभन्दा पनि कांग्रेसको पार्टी सभापति र पार्टी पदाधिकारीको हैसियतमा उहाँलाई भेट्न जान लागेका हौं ।’

उनले भेटको एजेण्डाका बारेमा भने आफूहरुलाई केही जानकारी नदिइएको बताए ।

नागरिकताको विधेयकको विषयलाई लिएर पछिल्लो समय सत्तारुढ दल राष्ट्रपति कार्यालयबीच दूरी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?