११ असोज, काठमाडौं । हाँस्यव्यंग्यकार एवं गायक राजा राजेन्द्र पोखरेलको ‘लोकल नभई हुँदैन’ बोलको गीत सार्वजनिक भएको छ ।
डान्सिङ बिटको गीतमा नायक दिलिप रायमाझी र समारिका/स्मारिका ढकालको अभिनय छ ।
पोखरेल र शान्तिम कोइरालाको आवाजमा रहेको गीतको भिडियोमा मानिसले मदिरा सेवन गरेपछि गर्ने उटपट्याङ व्यवहारलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।
राजा राजेन्द्रकै शब्द संगीतमा रहेको गीतको भिडियो निर्देशन र कोरियग्राफी शिव विकले गरेका छन् । सौरभ लामाको छायांकन रहेको गीतको भिडियोलााई मिलन विश्वकर्माले सम्पादन तथा रंग संयोजन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4