
काठमाडौं । फिल्म ‘महापुरुष’ हेर्न सिनेमा हलमा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ । वृद्ध उमेरका दर्शकले पनि फिल्मलाई रुचाएका छन् ।
आइतबार काठमाडौंको एक हलमा यस्तै दृश्य देखियो । ९१ वर्षीया वृद्धा भीममाया ओझा लौरो टेकेरै फिल्म हेर्न हलमा पुगिन् । गोंगबु बसपार्कस्थित आईएनआई हलमा फिल्म हेर्न उनी छोरीसहित गएकी थिइन् । स्थायी घर बागलुङ भएकी उनी पनातिको पास्नीका लागि काठमाडौं आएकी हुन् ।
महजोडीको पारिवारिक कथावस्तुमा फिल्म बनेकाले आमालाई फिल्म देखाउन ल्याएको उनकी छोरीले बताइन् । उनीहरुले अपरान्ह साढे २ बजेको शोमा फिल्म हेरे । यस्तै भक्तपुरको दुवाकोटका एकै परिवारका २८ जनाले शनिबार महापुरुष हेरेको थियो ।
दुई दिनमा साढे २ करोड रुपैयाँ ग्रस कमाइ गरेको फिल्मले आइतबारसम्म तीन करोडको आँकडा पार गर्ने अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4