+
+

नेपाली प्रतिभा मञ्च युएईको अध्यक्षमा सरु

अवुधावी । नेपाली प्रतिभा मञ्च युएईको पहिलो बार्षिक भेला समिति पुनर्गठन गर्दै सम्पन्न भएको छ । युएर्इमा रहेर कलाको बिभिन्न क्षेत्रमा क्रियाशील तथा कलाकारितामा आस्था राख्ने व्यक्तिहरु आवद्ध रहेको

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २ गते १४:४३

त्रिलोचन कोइराला

अवुधावी । नेपाली प्रतिभा मञ्च युएईको पहिलो बार्षिक भेला समिति पुनर्गठन गर्दै सम्पन्न भएको छ । युएर्इमा रहेर कलाको बिभिन्न क्षेत्रमा क्रियाशील तथा कलाकारितामा आस्था राख्ने व्यक्तिहरु आवद्ध रहेको दीपक कुवारको संयोजनमा ७ सदस्यीय तदर्थ समिति गत फेब्रुअरी ९ मा निर्माण गरेको थियो ।uea-kalakar-ko

युएर्इमा भएका कलाको बिभिन्न क्षेत्रमा प्रतिभा भएका सम्पूर्ण कला प्रेमीहरुलाई समितिमा आबद हुन अनरोध गर्दै आएको नेपाली प्रतिभा मन्च युएई पछिल्लो समय युएर्इमा हुने अधिकंश सांगीतिक कार्यक्रममा आफ्ना कलाकार ब्यबस्थापन गर्दै आएको छ । हालै सम्पन्न भेलाले संयोजनमा कुँवर युएइको रोजगारी सकेर नेपालमा रहेका कारण महासचिब किसोर सुनुवारको अध्यक्षतामा भएको भेलाले मञ्चको कार्यसमिति बनाएको हो ।

१५ सदस्य नबगठित समितिमा अध्यक्ष नारायण सरु, उपाध्यक्ष चुम्मन काउछा मगर महासचिब किशोर सुनार, सचिव हरी खड्का र कोषाध्यक्ष प्रेम लुहगुन रहेका छन् । भेलाले त्रिलोचन कोइराला, उमेश रार्इ , भेषराज ढकाल , दिपराज योङहाङ ,चन्द्र सरु मगर रहेको ५ सदस्य सल्लाकार समिति समेत बनाएको समितिका कोषाध्यक्ष प्रेम लुहगुन जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?