+
+

विश्वका सबैभन्दा मूल्यवान अटोग्राफ, जसलाई करोडाैँ रुपैयाँ पर्छ

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३१ गते ११:१३

विश्वका ऐतिहासिक तथा चर्चित व्यक्तित्वका अटोग्राफ समेत निकै मूल्यवान हुन्छन् । थाहै छ, आफुलाई मन पर्ने अभिनेता, अभिनेत्रीको वरीपरी कलम र कागज लिएर फ्यानहरु अटोग्राफका लागि फ्यानहरु कसरी झुम्मिने गर्छन् । कागजमा मात्र होइन, कतिपयले सरीरका विभिन्न अंग समेत अटोग्राफका लागि सेलिब्रेटीलाई सुुम्पिने गर्छन् । हामीलाई लाग्न सक्छ, केवल कलाकारका अटोग्राफ मात्र चर्चित हुन्छन् ।

तर यो दुनियामा कलाकार वा मनोरञ्जन क्षेत्रका स्टारहरुको मात्र होइन राजनीति, अर्थ, सामाजिक लगायतका क्षेत्रका विश्वव्यापी दिग्गजहरुका हस्ताक्षर समेत बहुमूल्य सावित हुने गरेका छन् । विश्वमा चर्चित खेलाडि, राजनेता, वैज्ञानिक मात्र नभएर अपराधीका हस्ताक्षर समेत निकै बहुमुल्य हुने गरेका छन् । विश्वका १० बहुमुल्य अटोग्राफहरु यसप्रकार छन् :

१. जोन एफ केनेडी – मूल्य ३९ हजार डलर अर्थात् झण्डै ३७ लाख ८० हजार रुपैयाँ । एउटा पूरानो पत्रिकाको पानाको मूल्य यतिधेरै हुनसक्छ भनि कल्पना गर्न सक्नुहुन्छ ? अमेरिकी पूर्व राष्ट्रपति जोन एफ केनेडीले आफ्नो हतया हुनुभन्दा २ घण्टा अगाडि हस्ताक्ष्र गरेको पुरानो पत्रिकाको मूल्य यति धेरै छ । डलास मर्निङ न्यूज नामक उक्त पत्रिकाको मुखपृष्ठाम केनेडी र उनकी पत्नी ज्याकी केनेडीको तस्वीर सहितको समाचार छ र आफ्नै तस्वीरमा पर्ने गरी केनेडीले एक महिनालाई उक्त पत्रिकामा अटोग्राफ दिएका हुन् ।

1

२. जेस जेम्सको तस्वीर :  मूल्य ५२ हजार अमेरिकी डलर । १९ औँ सताब्दीका अमेरिकी रोविन हुडको नामले पनि चिनिने जेम्स एक यस्तो लुटेरा समूहका नाइके थिए जसले धनाढ्य तथा सामन्तहरुबाट लुटेर गरीब र असहायहरुलाई बाड्थे । उनले हस्ताक्षर गरेको उनको एकमात्र तस्वीर उनको हत्यापछि फेला पारियो जो अमूल्य बन्यो ।

2

३.जिम्मी पेजको गितार :  मूल्य ७३ हजार अमेरिकी डलर । सन् ७० को दशकको विश्वकै चर्चित रक ब्याण्ड लेड जेपेलिनका सस्थापक जिम्मी पेजको हस्ताक्षर रहेको गिब्सन इडीएस १२७५ मोडेलको गितार लिलामीमा राखिँदा संगीतका फ्यानहरुले यसलाई किन्न तछाडमछाड गरे । यसको मूल्य ७३ हजार डलर पर्यो ।

3

४.अल्बर्ट आइन्स्टानइको फोटो : मूल्य ७५ हजार अमेरिकी डलर । अल्बर्ट आइन्स्टाइनले जिब्रो बाहिर निकालेको खिचाएको विचित्र तस्वीर निकै चर्चित छ । आइन्स्टाइनले हस्ताक्षर गरेको उनको यो तस्वीर ७५ हजार अमेरिकी डलरमा बिक्यो ।

4

५.जोए डी म्यागियो र मरिलिन मुनरोको बेसबल : मूल्य १ लाख ९१ हजार २ सय अमेरिकी डलर । अमेरिकी चर्चित बेसबल खेलाडि म्यागियो तथा अभिनेत्री मुनरोको जोडीले हस्ताक्षर गरेको बेसबल विश्वको सबैभन्दा महंगो बेसबलको रुपमा रहेको छ । सन् २००६ मा एक किर्तिमान राखेको यो बेसबलले सन् २०१२ मा आफ्नै किर्तिमान भंग गर्यो ।

5

६. जिम्मी हेनडि्रक्सको करारपत्र : मूल्य २ लाख अमेरिकी डलर । विश्वस्तरीय गितारवादक जिम्मी हेनडि्रक्ससँग पिपिएक्स कम्पनीले गरेको करारनामा निकै चर्चित मानिन्छ । सन् १९६५ मा भएको यो करारनामामा जिम्मी निकै हेपिएका छन् । करारनामामा उनले केवल १ प्रतिशत मात्र रोयल्टी पाउने तथा सित्तैमा बाद्यवादन गर्नुपर्ने उल्लेख छ । जिम्मीको मानमर्दन नै हुनेगरी भएको यो करारनामा उनको मृत्युपछि निकै चर्चित भयो । एक लिलामीमा जिम्मीको यो करारनामा २ लाख अमेरिकी डलरमा बिक्यो ।

6

७. बेब रथको बेसबल : मूल्य ३ लाख ८८ हजार ३ सय ७५ डलर । बेसबलका चर्चित खेलाडि बेब रथले हस्ताक्षर गरेको जुनसुकै चिज पनि सुनकै भाउमा बिक्छ भन्ने कुराको प्रमाण हो उनको हस्ताक्षर भएको बेसबल । सन् २०१२ मा भएको लिलामीमा उनको हस्ताक्षर भएको बेसबल ३ लाख ८८ हजार ३ सय ७५ डलरमा बिक्यो ।

7

८. जोन लेननको एल्बम : जोन लेनन र योको ओनोको संयुक्त एल्बम डबल फन्टासी को एक प्रतिकै मूल्य ५ लाख २५ हजार अमेरिकी डलर पर्यो । वास्तवमा यो एल्बम जोन लेननको हत्यारा चापम्यानले उनलाई गोली ठोकेपछि आफुसँग भएको एल्बममा हस्ताक्षर गराएको थियो । गोली हानेको पाँच घण्टापछि हस्ताक्षर गराएको एल्बम चापम्यानसँग फेला परेपछि उनलाई पक्राउ गरियो र अन्ततः उनी हत्यारा सावित भई आजिवन कारावासको सजाय पाए ।

8

९. अब्राहम लिंकनको हस्ताक्षरवाला दासत्वमोचन घोषणापत्र : लिंकनले सन् १८६४ मा अमेरिकामा दासत्व मोचनको घोषणा गर्दा ४८ प्रति घोषणापत्रमा हस्ताक्षर गरेका थिए । ती मध्ये २६ वटामात्र अहिलेसम्म अस्तित्वमा छन् ।ती मधये केही संग्राहलय, विश्वविद्यालयमा छन् भने केही राजनीतिज्ञ तथा अन्य व्यक्तिहरुले राखेका छन् । सन् २०१० मा अमेरिकामा लिंकनको हस्ताक्षर भएको ती मध्येको एक घोषणापत्र लिलामीमा राखिँदा त्यो ३७ लाख अमेरिकी डलरमा बिक्रि भयो ।लिंकनको हस्ताक्षर भएको यो सबैभन्दा महंगो चिज बनेको छ ।

9

१०. जर्ज वासिंटनको कंग्रेस ऐन : मूल्य ९८ लाख अमेरिकी डलर अर्थात् ९४ करोड ६२ लाख नेपाली रुपैयाँ । अमेरिकी इतिहासको सबैभन्दा मूल्यवान कृति । यो अमेरिकाको पहिलो राष्ट्रपतिले व्यक्तिगत प्रतिको रुपमा रहेको अमेरिकाको संविधान, अधिकार पत्र (विल अफ राइट) तथा पहिलो कंग्रेसको घोषणापत्र लगायतका दस्तावेज संग्रहित पुस्तक हो । यसको पहिलो पेजमा उनको हस्ताक्षर रहेको छ । सन् २०१२ मा यो पुस्तक जब लिलामीमा राखियो एन बुकआउटले तत्कालै ९८ लाख अमेरिकी डलर बोली लगाउँदै यो किताब खरीद गरिहाल्यो । लिलामीमा राखियो पाँच मिनेटमै यो किताब बिकेको थियो । खरीदकर्ताले यो किताब राष्ट्रपतिको पुस्तकालयमै राखिदिएको छ ।

10

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?