+
+

साउदीमा नेपाली कामदार डेढ महिनादेखि बन्धक

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १५ गते ११:०५

१५ साउन, काठमाण्डौं । नेपालीहरुको रोजगार गन्तव्य साउदी अरबमा चारजना नेपाली कामदारलाई बन्धक बनाइएको छ । केएसएको कतार सिमानास्थित साउदीको सल्वा भन्ने ठांउमा मखलेद टे्रडिङ कम्पनी लिमिटेडले चार जना नेपाली मजदुरहरुलाई बन्धक बनाएर राखेका हो ।
बन्धक बनाएर राखिएका मजदुरहरुमा हिक्मत थारु राना, नन्दवहादुर थापा, हस्त सारु र मनोज राई रहेका छन् । उनीहरुलाई एउटा कोठामा एक महिना १८ दिन देखि थुनेर राखेको हिक्मत थारु रानाले फोन मार्फत जानकारी गराको नेपाल ट्रेड युनियन महासंघ जिफन्टका नेता भीमज्वाला राईले बताए ।
सो कम्पनीमा पांच वर्ष काम गरेका ती मजदुरहरुलाई कम्पनीले ६ महिनादेखि तलव नदिई काम गराएको, नेपाल फर्किन समेत नदिई कोठामा थुनेर राखेको उनीहरुले बताएका छन् । उनीहरुले आफुहरुलाई बन्धक मुक्त गराउन सवैसंग अपिल गरेका छन् ।
सहयोगका लागि कम्पनीको पोस्ट बक्स नम्बर २६१७५ रहेको, कोड नम्बर ११४८६ टि रहेको, टेलीफोन नम्बर ४७७९२२ र फ्याक्स नम्बर ४७७९१७८ रहेको जानकारी समेत थुनिएका भिनएका मजदूरले गराएका छन् । ९६६५९८२७८६४९ मा आफुलाई सम्पर्क गर्न सकिने थारु रानाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?