+
+

वीरगन्जका यौन अखडामा प्रहरीको छापा, १३ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १८ गते ९:५३

sex-feet-hed१८ भदौ, पर्सा । पर्सा प्रहरीले वीरगन्जका बिभिन्न अवैध यौन अखडामा छापा मारेर १३ जनालाई पक्राउ गरेको छ ।
यौन व्यावसायमा संलग्न ३ पुरुष सहित १३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले वीरगन्जको बसपार्क, भंसार र लक्षमणवा क्षेत्रमा अवैध यौन धन्दा सन्चालन हुने गरेको उजुरी आएपछि छापा मारेरको हो ।
पक्राउ परेका मध्य १० महिलालाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ भने ३ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धानको प्रकृया अघि बढाइएको छ ।

यसैबीच इलाका प्रहरी कार्यालय, सेढवाका घुमुवा सुरेन्द्रप्रसाद कलवार र प्रहरी चौकी पीडारीगुठीका प्रमुख प्रहरी सहायक निरीक्षक कुमार खड्काबीच लेनदेनको विषयलाई लिएर कुटाकुट परेको छ ।

इलाका प्रहरी कार्यालय, सेढवा परिसरमा मंगलवार उनीहरबीच कुटाकुट भएको प्रहरी स्रोतले जनाएको छ ।
भारतबाट अवैध सामान भित्र्याउने समूहमध्ये भागवाला टोलीले दिएको रकम प्रसनि कुमार खड्काले लिएको र सोको भाग इलाका घुमुवा सुरेन्द्रले पनि मागेपछि विवाद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?