बीपी कप भलिबल प्रतियोगिताको उपाधी गल्कोट समाज स्पेनलाई (फोटो फिचर)
बार्सिलोना । स्पेनमा भएको बीपी कप भलिबल प्रतियोगिताको उपाधी गल्कोट समाज स्पेनले जितेको छ । गत वर्ष भएको बीपी कप भलिबल प्रतियोगिताको उपाधी पनि गल्कोट समाज स्पेनले नै जितेको थियो ।
नेपाली जनसम्पर्क समिति स्पेनले विश्वेश्वरप्रसाद कोइरालाको एक सयौं जन्मजयन्तीको उपलक्ष्यमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा बार्सिलोना बेसोस मारको समूहलाई पराजित गर्दै गल्कोट समाजले उपाधि रक्षा गरेको हो।
फाइनल खेलमा गल्कोट समाजले २५–१९, २५– १७ र २५–२१ को सोझो सेटमा हराउदै नगद ३ सय ५१ युरो, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
यस्तै, उप बिजेता बेसोस मारको समूहले पनि ट्रफी, मेडल, प्रमाण पत्रसहित नगद २ सय ५१ युरो पाप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा ईश्वर बुढाथोकी र अनुशासित खेलाडीमा मीनबहादुर खत्री घोषित भए । दुवै खेलाडीले गल्कोट समाजका हुन् ।
दुई समुहमा विभाजन गरी लिगको नियमले भएको खेलमा समूह ‘क’ मा प्रवासी नेपाली मञ्च, नेपाली जन प्रगतिशील मन्च स्पेन (एमाओबादी र माओवादी गरी संयुक्त), र बार्सिलोना बेसोस मारको समूह रहेका थिए।
यस्तै नेपाली जनसम्पर्क समिति, एनआरएनए स्पेन र गल्कोट समाज समुह ‘ख’ बाट प्रतिस्पर्धा गरे। लिग चरणबाट एनआरएन, गल्कोट, जन प्रगतीशील र बेसोसको समूहले भने सेमिफाईनल यात्रा तय गरेका थिए ।
एनआरएनए स्पेनका अध्यक्ष एक राजगिरीले रिबन काटेर कार्यक्रमको उद्घाटन गरे भने समितिका अध्यक्ष चिन्तामणि सापकोटाले भलिबल सर्भिस गर्दै खेलको शुरुवात गरेका थिए ।
–बसन्त रानाभाट
प्रतिक्रिया 4