१ कात्तिक, काठमाडौं । नेकपा एमालेले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । बडादसैँ, दीपावली, नेपाल सम्वत् ११३५, छठ, वकरइद तथा ल्होसारको उपलक्ष्यमा चियापान कार्यक्रम गर्न लागिएको एमालेले जनाएको छ ।
एमाले पार्टी मुख्यालय बल्खुमा हुने चियापान समारोहमा प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख दलका शीर्ष नेताहरु सहभागी हुनेछन् । यस्तै कूटनीतिक नियोगका प्रतिनिधि, उद्योगी व्यवसायी लगायतलाई पनि आमन्त्रण गरिएको सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार शुभकामना तथा चियापान समारोहमा १५ हजारभन्दा बढीलाई निमन्त्रणा दिइएको छ । १० हजार पार्टी कार्यकर्ता र पाँच हजारभन्दा बढी अन्य अतिथि रहने बताइएको छ ।
चियापान समारोह शनिबार मध्याहृन १२ बजेदेखि ४ बजेसम्म चल्नेछ । तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीले २०५१ सालमा वडादसैँका अवसरमा सुरु गरेको शुभकामना तथा चियापान कार्याक्रमलाई एमालेले निरन्तरता दिँदै आएको छ ।
प्रतिक्रिया 4