काठमाडौं । चलचित्र जाँचपास समिती -सेन्सर बोर्ड)ले नीर शाह निर्देशित चलचित्र ‘सेतोबाघ’ लाइ युनिभर्सल ‘यू’ प्रमाणपत्र दिएको छ ।
अब सेतोबाघ हेर्नका लागि उमेरको बार लाग्ने छैन । जुनसुकै उमेर समुहकाले पनि सजिलै हलमा गएर हेर्न पाउने छन् चलचित्र ।
नोभेम्बर ८ तारिखमा अष्ट्रेलियाको मेलबर्नमा प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको नेपाल प्रदर्शन मिति भने अझै टुंगो लागेको छैन ।
डायमन शमसेर राणाको ऐतिहासिक उपन्यासमाथि बनेको यो फिल्ममा जंगबहादुर राणाको अन्तिम ३० दिनको प्रसंगलाई चलचित्रमा समेटने प्रयाश गरिएको छ ।
११ वर्ष अघि सवारी दुर्घटनामा परेर घाइते भएका पवन मैनालीले पनि अभिनय गरेको यस फिल्ममा बीएस राणाले जंगबहादुरको भुमिका निर्वाह गरेका छन् ।
अन्य कलाकारहरुमा रवि गीरी, निशा पोखरेल, राजाराम पौडेल, श्याम राइ रहेका छन् । राणा खान्दान भित्रको दुश्मनी र पारिवारिक खिचातानीलाइ पनि फिल्ममा प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया 4