काठमाण्डौ । नेपालमा कलाकारकै क्रेज नभएको बेला कुनै निर्देशक दर्शकका विचमा स्थापित भएन भनेर गुनासो गर्ने ठाउँ छैन ।
सिमित बजार र सिमित दर्शक र कमजोर फिल्म निती भएको मुलुकमा कुनै पनि निर्देशकलाइ स्थापित हुन त्यति सजिलो छैन । तर, पनि एक जना निर्देशक स्थापित छन् एउटै फिल्मका कारण ।
नेपाली फिल्म उद्योगमा निश्चल बस्नेत मात्रै त्यस्ता निर्देशक हुन्, जसको नाम सुनेरै उनले बनाएको फिल्म हेर्न हलसम्म जान्छन् दर्शक । निश्चलको निर्देशन भन्ने बित्तिकै निर्माता लगानी गर्न इच्छुक हुन्छन् भने बितरक फिल्म किन्नका लागि ।
पहिलो फिल्म ‘लुट’ को निर्माता मध्ये एक रहेका माधव वाग्ले दोस्रो फिल्म ‘टलकजंग भर्सेज टुल्के’मा निर्माता बन्न त पाएनन् तर, फिल्म बितरणको जिम्मा लिए ।
‘निश्चलको फिल्ममा लगानी गर्न र वितरण गर्न कुनै समस्या छैन, उनी सिंगो फिल्म उद्योगले आश गरेका निर्देशक हुन् ।’ वाग्लेले भने ।
पहिलो फिल्म ‘लुट’मार्फत नेपाली फिल्मका दर्शकसँग साइनो गाँसेका निश्चलको अर्को फिल्म ‘टलकजंग भर्सेज टुल्के’ प्रदर्शनको तिथी नजिकिदै गर्दा दर्शक समेत उत्सुक छन् । ‘पछिल्लो फिल्म लुट जस्तै छ वा त्यो भन्दा फरक ?’ धेरै दर्शक यहि प्रश्नको जवाफ खोजिरहेका छन् ।
निर्देशक बस्नेत ‘टकलजंग भर्सेज टुल्के’ लुट भन्दा फरक रहेको बताउँछन् । लुट एउटा निश्चित उमेर पार गरेका दर्शकलाई लक्षित गरेर बनाएको बताउँदै उनी भन्छन- ‘टुल्के आम दर्शकले हेर्न मिल्ने फिल्म हो, यसमा हामीले भोग्दै आएको कथा प्रस्तुत गरेको छु ।’
आशावादी निर्देशक
नेपाली फिल्मले राम्रो ब्यापार गरेन भन्दै केही निर्देशक चिन्तित भएको बेला निश्चल भने निकै आशावादी छन् । आफ्नै कथामा फिल्म बनायो भने चलाउन गार्हो हुँदैन भन्ने निश्चल नेपाली माटोका कथा विश्व बजारका लागि पनि बिकाउ हुने बिश्वासमा छन् ।
‘हाम्रा गाउँघरमा जे कथा छ त्यसलाई राम्रोसँग वाचन गर्यौं भने मात्रै पनि विदेशी दर्शकहरु हाम्रो फिल्मप्रति आशावादी हुन सक्छन् ।’ उनले भने ।
पछिल्लो समय युवा पुस्ताले फिल्ममा धेरै प्रयोग गरेको देखेका निश्चल स्क्रिप्ट लेखनमा भने मेहनत नपुगेको स्वीकार्छन । ‘हो हामीमा विषयबस्तुलाई स्क्रिप्टमा ढाल्न अलि समस्या छ ।’ उनले भने ।
भर्खरै
पुराना
लोकप्रिय
Advertisment
प्रतिक्रिया 4