+
+

बाल स्वास्थ्य महाशाखाका १४ कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १७ गते १७:२९

१७ कात्तिक, काठमाडौं । स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य महाशाखा टेकुका निर्देशक श्यामराज उप्रेतिसहित १४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार दिउँसो अख्तियारले नियन्त्रणमा लिएकाहरुलाई १ करोड १२ लाख ८३ हजार ३ सय ७१ रुपैयाँ विगो कायम गरी सोमबार मुद्दा दायर गरेको हो ।

नेपालका बिभिन्न जिल्लाहरुमा खोप कार्यक्रमको सुदृढिकरण गर्ने अभिप्रायले यूनिसेफ र डब्लूएचओबाट प्राप्त सहयोग रकम उनीहरुले अनियमितता गरेको अख्तियारको ठहर छ ।

उनीहरुले नक्कली हवाइ टिकट पेश गरेको, फोटोकपी मेशीन नै नभएको पुस्तक पसलमा फोटोकपीको बिल पेश गरेको, हल नै नभएको तथा हल भएता पनि कार्यक्रम नगरी हल भाडामा लिएको विवरण देखाएको र स्टेशनरी तथा होटलबाट सामान तथा सेवा खरीद नगरी खरीद गरेके भनि झुटो विवरण देखाएर रकम अनियमितता गरेको अख्तियारले जनाएको छ । यसैगरी सरकारी गाडी कार्यक्रममा प्रयोग गरेको भनि पेट्रोल समेतको झुठा बिलहरू पेश गरेको, अख्तियारका अनुसार उनीहरुले होटल तथा स्टेशनरी पसलबाट खाली बिल ल्याई आफू अनुकूल खर्च भएको विवरण भरी खर्च देखाएका छन् ।

साथै होटल नमस्ते प्रा. लि. दोलखा, कर्नर लज एण्ड रेष्टुरेण्ट म्याग्दी, कस्तुरी होटल एण्ड रेष्टुरेण्ट कुश्मा पर्वत, द लाङ्गटाङ्ग भ्यू रिसोर्ट धुलिखेल लगायतका होटलहरुको बिलमा एकै व्यक्तिले विवरण भरेको परीक्षण प्रतिवेदनबाट समेत पुष्टि भएको छ ।

‘पेश्की फर्छर्यौटका लागि खाली बिलहरु पेश गर्ने लगायतका अनियमित तथा भ्रष्टाचार जन्य कार्य गरी बदनियतपुर्ण तवरले आफूलाई गैर कानुनी लाभ र नेपाल सरकारलाई एक करोड बाह्र लाख त्रियासी हजार तीनसय एकहत्तर रूपैयाँ गैर कानूनी तवरले हानी नोक्सानी पुर्‍याएको पुष्टि हुन आएको’ अख्तियारले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

को को विरुद्ध भयो मुद्दा दायर ? हेर्नुस् विवरण

akhityarko muddha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?