+
+

ओमन नेपाली एकता समाज अलखोईर एरिया समितिको भेला सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १८ गते ९:५८

unnamedओमन । ओमनको मस्क्टस्थित अलखोईर एरियाको प्रिमियर कम्पनीमा कर्यरत मजदूरहरुको भेलाले दीलप्रसाद पौडेलको अध्यक्षतामा ओमान नेपाली एकता समाजको समिति गठन गरेको छ ।

अन्र्तराष्ट्रिय नेपाली एकता समाजको मातहतमा संगठित ओमान नेपाली एकता समाज केन्द्रीय समितिको पहलमा भेला भएको हो । भेलामा ओमन नेपाली एकता समाजका अध्यक्ष शिवलाल गिरी, उपाध्यक्ष धनबहादुर क्षेत्री, कोषाअध्यक्ष शालिकराम आचार्य,  अलखोईर एरियाएका अध्यक्ष बिष्णु अर्याल, घाला एरियाएका अध्यक्ष तुल्सीराम खनाललगायतको उपस्थिती थियो ।

भेलाले उपाध्यक्षमा निलबहादुर राउत सिराहा , सचिब लक्षमणजंग हमाल नवलपरासी र कोषाध्यक्षमा धादिङका रघु अधिकारीलार्इ चयन गरेकाे छ ।

यस्तै सदस्यहरूमा सदस्यहरु राम थापा गुल्मी, बिक्रम तामाङ नुवाकोट, चन्द्रलाल जुगजाली म्याग्दी, कुलेन्द्र थापा लम्जुङ, माधव दंगाल मकवानपुर र म्याग्दीका प्रेमबहादुर घर्ती चयन भएका छन् ।

बैकलपीक सदस्यमा सीताराम सुनवार मकवानपुर, गोपालबहादुर कुवंर पर्वत रहेका छन भने सल्लाहकारमा शोभाकान्त लामिछानेलाई चयन गरिएको छ ।

भेलामा अन्तराष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष शाेभाकान्त लामीछाने तथा ओमन नेपाली एकता समाजका अध्यक्ष शिवलाल गिरी, उपाध्यक्ष धनबहादुर क्षेत्री, कोषाध्यक्ष शालीकराम आचार्य,  अलखोईर एरियाका अध्यक्ष बिष्णु अर्याल, घाला एरियाएका अध्यक्ष तुल्सीराम खनाल लगायतले नवनिर्बाचित समितिलाई शुभकामना दिएका थिए । भेलामा मजदुरहरूको समस्याकाबारेमा पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?