+
+

संसदीय समतिले भन्यो- मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने गति बढाउ

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २६ गते १२:२८

मेलम्ची२६ कात्तिक काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने कार्यमा गति बढाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबार रविन्द्र अधिकारीरीको सभापतित्वमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । २०७३ बैशाख भित्रै उपत्यकामा मेलम्चीको पानी ल्याउन टनेल खन्ने कार्यमा गति बढाउनु पर्ने समितिको ठम्याई छ ।

हाल काठमाडौँ उपत्यकामा दैनिक ३६ करोड लिटर खानेपानीको माग रहेको छ । यो आयोजना सम्पन्न भए दैनिक १७ करोड लिटर खानेपानी उपतयकामा आउँछ । समितिले भविष्यको आवश्यकतालाई समेत ध्यानमा राखेर काम गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यसैगरी मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि प्राप्त हुने पानी बाट काठमाडौँ उपत्यका भित्रका भक्तपुर, मध्यपुर ठिमी र कीर्तिपुर नगरपालिका समेतका क्षेत्रहरुमा पानीवितरण गर्ने गरी वर्तमान चरणमै कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउन समितिको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?