+
+

एकाबिहानै कमल थापा प्रचण्डनिवासमा

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ५ गते १२:१७

prachanda-and-kamal-thapa

५ मंसिर, काठमाडौं । संवैधानिक राजतन्त्रको वकालत गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाको टोली शुक्रबार बिहानै लाजिम्पाटस्थित प्रचण्डनिवासमा पुग्यो । प्रचण्डसँगको भेटमा अध्यक्ष थापाले राष्ट्रवादी शक्तिहरु आपसमा मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव तेस्र्याए ।

राप्रपा अध्यक्ष थापाले सहमतिको आधारमा संविधान निर्माण हुनुपर्ने भन्दै संवाद समितिमा देखिएको राजनीतिक गत्यावरोध तत्काल फुकाउने पहल गर्न प्रचण्डलाई भनेका छन् । यसका लागि कांग्रेस र एमालेको सात प्रदेशको प्रस्तावलाई अनुसुचीमा राखेर संविधानसभामा पठाउन थापाले प्रचण्डलाई आग्रह गरेको राप्रपा नेपालका एक नेताले बताए ।

राष्ट्रवादी शक्तिहरु मिल्नुपर्छ भन्दै थापाले एमाओवादी र राप्रपा नेपालले राष्ट्रियताको विषयमा एक भएर अघि बढ्नुपर्ने प्रस्ताव प्रचण्डसँग राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?