+

एथ्लेटिको मड्रिड घरेलु मैदानमै पराजित

२०७१ मंसिर  २९ गते ८:१६ २०७१ मंसिर २९ गते ८:१६
एथ्लेटिको मड्रिड घरेलु मैदानमै पराजित

२९ मंसिर, काठमाडौं । स्पेनिस च्याम्पियन एथ्लेटिको मड्रिड भिल्लारियलसँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा भिल्लारियलसँग १–० गोल अन्तरले पराजित भएपछि एथ्लेटिको लिग लिडर रियल मड्रिडभन्दा सात अंकले पछि परेको छ ।

एल्थेटिको मड्रिडलाई घरेलु मैदानमा सिजनको पहिलो हार चखाउन क्रममा भिल्लारियलका भिट्टोले ८४ औं मिनेटमा निर्णायक गोल गरेका थिए । यसअघि एथ्लेटिकोका मारियो मान्जुकिजको क्लोज रेन्जको प्रहार भिल्लारियलका गोलरक्षकले रोकेका थिए ।

रियल मड्रिड १५ खेलबाट ३९ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ अंक छ । एल्थेटिको मड्रिड भने ३२ अंका साथ तेस्रो स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय