+

भारतविरुद्धको टेष्टका लागि अष्ट्रेलियाको कप्तान स्मिथ

२०७१ मंसिर  २९ गते १४:३९ २०७१ मंसिर २९ गते १४:३९
भारतविरुद्धको टेष्टका लागि अष्ट्रेलियाको कप्तान स्मिथ

Steve-smith
२९ मंसिर, काठमाडौं । भारतविरुद्धको बाँकी टेष्टका लागि अष्ट्रेलियाले स्टीभ स्मिथलार्इ कप्तानको जिम्मेवारी दिएको छ ।

नियमित कप्तान माइकल क्लार्क चोटका कारण सिरिजबाट बाहिर भएपछि स्मिथलाई यो जिम्मेवारी दिइएको हो ।
२५ वर्षका स्मिथ अष्ट्रेलियाका ४५ औं र किम हृयूज र इयान क्रेगपछि सबैभन्दा कम उमेरको कप्तान बन्नेछन् ।

पहिलो टेष्टको अन्तिम दिन क्लार्क घाइते भएपछि भेट्रान विकेट किपर ब्राड हृयाडिनले टिमको क्याप्टेनसिप गरेका थिए ।

भारत बिरुद्धका बाँकी टेष्टमा पनि कप्तानको जिम्मेवारी ३७ वर्षका हृयाडिनले नै पाउने थिए । तर, क्याप्टेनसिपका लागि आफ्नो उमेरले लामो समय नदिने भन्दै उनले भनेका छन्-‘केहि खेलहरुमा भाइसक्याप्टेनको भूमिका निभाउन पाउँदा नै खुसी छु ।’

क्रिकेट अष्ट्रेलियाको वेबसाइटमा छनोट समितिका प्रमुख मार्शले भनेका छन्-‘स्मिथ परिपक्क मात्र छैनन् । उनमा राम्रो नेतृत्व क्षमता पनि छ ।’

सेफिल्ड सिल्डको गत संस्करणमा न्यूसाउथ वेल्सले स्मिथकै कप्तानीमा उपाधि जितेको थियो ।

२१ वर्षको उमेरमा टेष्टमा डेब्यू गरेका स्मिथले २३ टेष्टमा १७४९ रन बनाएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय