३ पुस, काठमाडौं । यति एयरलाइन्सले क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै ‘डिस्टनेसन न्यू इयर फोटो कन्टेष्ट’ शिर्षकमा फेसबुक फोटो प्रतियोगिताको घोषणा गरेको छ ।
प्रतियोगीतामा सहभागी हुनका लागि यती एअरलाइन्स र तारा एअरले हवाई उडान गर्ने क्षेत्र र वरपर खिचिएको आफ्नो फोटो यतिको फेसबुक पेजको म्यासेज बक्समा पठाउनुुपर्ने बताइएको छ ।
प्रतियोगिता पुस २ गतेदेखि सुरु भएर पुस १३ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले विजेताको चयन गोलाप्रथाबाट गर्ने जनाएको छ ।
कम्पनीका अनुसार विजेतालाई पोखराका लागि दुईवटा आतेजाते हवाई टिकट र अतिथि रिसोर्ट एण्ड स्पामा एक रातको बसाई उपहार स्वरुप प्रदान गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4