+

फिलिप हृयूजको ब्याट र जर्सी सगरमाथा लगिने

२०७१ पुष  ११ गते १५:५६ २०७१ पुष ११ गते १५:५६
फिलिप हृयूजको ब्याट र जर्सी सगरमाथा लगिने

mt everestNphillip Hughes

११ पुस, काठमाडौं । बलले लागेर निधन भएका अष्ट्रेलियाली क्रिकेटर फिलिप हृयूजको ब्याट र जर्सी सर्वोच्च शिखर सगरमाथामा लगिने भएको छ ।

हृयूजको निधनपछि नेपाल क्रिकेट संघ क्यानले उनीप्रति श्रद्धान्जली दिन उनले प्रयोग गरेको ब्याट र जर्सीलाई सगरमाथा लैजाने प्रस्ताव राखेको थियो ।

हृयाजको अन्त्येष्टि अघि नै क्यानले पठाएको प्रस्तावलाई क्रिकेट अष्ट्रेलियाले हालै स्वीकार गरेको छ । परिवारको स्वीकृतिमा नेपालको प्रस्तावमा सहमति जनाइएको क्रिकेट अष्ट्रेलियालाई उधृत गर्दै डेल्ली टेलिग्राफले जनाएको छ ।

क्रिकेट अस्ट्रेलियाका अध्यक्ष वाली एडवार्डस्ले फिलिपको स्मरणमा नेपालमा ६३ ओभरको खेल खेलाउने तथा फिलिपले प्रयोग गरेको ब्याट, उनले लगाएका कपडाको टुक्राहरु तथा क्रिकेट अस्ट्रेलियाको झण्डा सगरमाथाको चुचुरोमा लगेर राख्ने प्रस्ताव नेपाल क्रिकेट संघले गरेको बताए ।

क्यानकी सीईओ भावना घिमिरेले पनि हृयूजको व्याट र जर्सी सगरमाथा लैजाने सहमति भएको पुष्टि गरेकी छन् । ‘यो हाम्रो लागि राम्रो अबसर हो’ उनले भनिन् ।

क्यानले आफैं प्रस्ताव गरेको भन्दै उनले अब सरकारसँग सहमति लिइने बताइन् ।

हृयूजले प्रयोग गरेको व्याट र टेष्ट जर्सी आगामी मार्च-अप्रिलमा सगरमाथामा लैजाने योजना छ ।

कीर्तिपुरमा ६३ ओभरको खेल

साथै हृयूजप्रति श्रद्धान्जली दिने नेपाल र अष्ट्रेलियाबीच ६३ ओभरको खेल समेत हुने भएको छ । सीईओ घिमिरेका अनुसार खेल कीर्तिपुरमा हुनेछ ।

हृयूज ६३ रनमा अविजित रहँदा मैदानमै ढलेकाले ६३ ओभरको खेल खेलाइन लागेको हो । नेपाली टीमको नेतृच्व राष्ट्रिय टोलीका कप्तान पारस खड्काले गर्नेछन् । अष्ट्रेलियाली टोलीबारे अहिलेसम्म कुनै जानकारी नआएको क्यानले जनाएको छ ।

यो श्रद्धान्जली कार्यक्रममा हृयूजको परिवारलाई औपचारिक निमन्त्रण भने दिइएको छैन ।

श्रद्धान्जली कार्यक्रमका लागि ह्यूजको परिवारसँग अनुमति लिनुको कारण खुलाउँदै क्रिकेट अस्ट्रेलियाका प्रवक्ताले भनेका छन्-‘क्रिकेट अस्ट्रेलियाले फिलिपका व्यवस्थापकसँग समन्वय गरेर ट्रेडमार्क दर्ता गरेको छ, जुन नितान्त प्रतिरक्षात्मक दर्ता हो र यसले फिलिपको स्मरणको दुरुपयोग गर्न चाहने अरुलाई रोक्नेछ ।’

हृयूजको मंसिरमा ११ गते निधन भएको थियो । सिड्नीमा न्यू साउथ वेल्स र दक्षिण अष्ट्रेलियाबीचको खेलका क्रममा शन एबोटको बलले उनलाई लागेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय