+

थाइल्याण्ड जान नपाएकोमा मार्शलआर्टका खेलाडी चिन्तित

२०७१ पुष  १९ गते १७:३८ २०७१ पुष १९ गते १७:३८
थाइल्याण्ड जान नपाएकोमा मार्शलआर्टका खेलाडी चिन्तित

Marshal Art१९ पुस, काठमाडौं । खेलकुदमन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) को आन्तरिक विवादकाकारण थाईल्याण्डको फुकेटमा हुनगईरहेको १६ औं विश्व पेनकेक सिलातमार्शल आर्ट प्रतियोगितामा जान नपाएकोमा खेलाडीहरु चिन्तित भएका छन् । खेल पुस २३ गतेदेखि थाइल्याण्डमा हुँदैछ ।

नेपाल पेनकेक सिलातमार्शल आर्ट संघले शनिबार पत्रकार सम्मेलन गर्दै सरकारी पक्षकै विवादका कारण प्रतियोगितामा मुलुकको तर्फबाट सहभागी हुन नसकिएको भन्दै सम्बन्धित खेलाडीहरु चिन्तित भएका हुन् ।

तत्काल खेलकुद मन्त्रालयले पहल लिएर सहमति गरे अझै पनि प्रतियोगितामा सहभागी हुन सकिने उनीहरुले स्पष्ट पारेका छन् । संघका अध्यक्षलायन टी. ठकुरीले उक्त प्रतियोगिता नेपाली खेलाडीको लागि अत्यन्तै महत्वपूर्ण अवसर भएकोले सरकारले तत्काल प्रतियोगितामा सहभागीता जनाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

उनले भने-‘मार्शल आर्ट खेल हरेक दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण खेल हो, यसमा हाम्रो सरकारले किन ध्यान दिँदैन ? हामीलाई आश्चर्य लागेको छ ।’

उनले प्रतियोगितामा सहभागी हुन अझै तीन दिन बाँकी रहेको भन्दै आइतवार सम्ममा सरकारले ठोस कदम चालेमा प्रतियोगितमा सहभागी हुन पाउने विश्वास व्यक्त गरे । उनका अनुसार मन्त्रालय र राखेपवीच खेलाडीलाई गर्ने आर्थिक, भौतिक लगायतका सेवा सुविधावारे तीव्र मतभेद रहेको छ ।

समाजसेवी एवम पूर्व खेलाडी गृष्म लिम्बुले खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि पनि आफू व्यक्तिगत खर्चमा त्यस प्रतियोगितामा सहभागी हुन चाहेको बताए । तर यसका लागि पनि सरकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय