गायक मोहन राइको आवाजमा समावेश ‘मेरो मनमा के-के हुरी चल्दैछ’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । ‘यो आँखाले ताकेको’ बोलको गीतको भिडियोले चर्चा पाएपछि राइले दोश्रो गीतको भिडियो पनि तयार पारेका हुन् ।
उर्गेन लामाको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई सुरज सिंह ठकुरीले निर्देशन गरेका हुन् । भिडियोमा मोडल तथा नव-नायिका अकेषा बिष्टको साथमा एलन गुरुङले मोडलिङ गरेका छन् ।
शिवराम श्रेष्ठको छायांकन रहेको भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका छन् । मोहनको ‘साम्यो’ एल्बममा समावेश गीतहरु मध्ये २ वटा को भिडियो बजारमा आएको हो । अन्य गीतका भिडियो पनि सार्वजनिक गरिने मोहनले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4