नायिका केकी अधिकारी बेहुली बनेकी छिन् । अविवाहित नायिका अधिकारी अर्का अविवाहित कलाकार विमलेश अधिकारीको बेहुली बनेकी हुन् ।
यी दुइलाई बेहुली बनाउने काम निर्देशक प्रशन्न पौडेलले गरेका हुन् । प्रशन्नले निर्देशन गरेको एक भिडियोमा केकी र बिमलेशले बिहे गरेका छन् ।
दिनेश थपलियाको शब्द, दीपक शर्माको संगीत तथा सत्यराज आचार्यको स्वर रहेको गीतको भिडियोमा दुई कलाकारले अभिनय गरेका हुन् । भिडियोमा विदुर पाण्डेको छायांकन छ । भिडियो छायांकनको संयोजक अनन्त तिमिल्सिना हुन् भने सरोज ओलीले भिडियोलाई वितरण तथा प्रवर्द्धन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4