
२५ पुस, काठमाडौं । पुस २७ देखि माघ १० गतेसम्म राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटी मण्डपमा जुत्ता चप्पल सेल मेला आयोजना हुने भएको छ ।
नेपाली ब्राण्डेड जुत्ता-चप्पल उत्पादक कम्पनीहरु प्यारागन फुटवेयर, रन शुज, हाईलाईफ शुज एण्ड स्लिपर्स, रोयल शुज, स्मार्ट शुज, हृयाप्पि चप्पल लगायत छाला उत्पादन तथा बिक्री वितरण गर्ने लेदर डिजायर इण्डस्टि्रज जस्ता कम्पनीको सामुहिक प्रयासमा मेला सञ्चालन हुन लागेको हो ।
मेलामा सय रुपैयाँदेखि हजार रुपैयाँ भन्दा माथि पर्ने जुत्ता-चप्पलहरु उपलब्ध हुने बताइएको छ । जसको खरिदमा उपभोक्ताहरुले १५ प्रतिशत देखी ६० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
मेलामा दैनिक दश हजार भन्दा धेरै सहभागी हुने आयोजकको दाबी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4