रियाद । साउदी अरेवियाको रियादमा सम्पन्न विश्व नेपाली साहित्य महासंङ्घको भेलाले नयाँ नेतृत्व चयन गरेको छ ।
कृष्ण कहादुर सर्तुङगेको अध्यक्षतामा नयाँ समिति चयन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा बाबुलाल बुढामगर, महासचिव श्याम गिरी, सचिव रामहरी तिम्सिना, सहसचिव मिलन ओली, कोषाध्यक्ष बलराम लम्साल, सह-कोषाध्यक्ष सुरज सिलवाल चुनिएका छन् ।
सदस्यहरुमा सुदीप लामिछाने, निर्मान घर्तिमगर, रामजी रानाभाट, सरद भण्डारी, विष्णु पङ्गेनी, सुमन पुन र नन्दराम खड्का चयन गरिएको छ भने सल्लाहकारहरुमा सूर्यबिक्रम याख्खा, कमल शाही, डोरबहादुर कार्की, जैवी राई र चेत गुरुङ चयन भएका छन् ।
सन् २०११ मा उत्कृष्ट शाखा घोषित यस शाखाको स्थापना सन् २०१० मा भएको थियो । नयाँ नेतृत्वलाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको गत २८ जनवरी २०१५ मा सम्पन्न बैठकले अनुमोदन गर्दै बधाई ज्ञापन गरेको छ ।
प्रतिक्रिया 4