१९ माघ, धरान । संघीय समाजवादी पार्टी, नेपालले लिम्बुवान प्रदेश समिति घोषणा गरेको छ । पार्टीर्लाई प्रादेशिक संरचनामा लैजाने निर्णयपछि धरानबाट लिम्बुवान प्रदेश घोषणा गरिएको हो ।
आईतबार आयोजीत कार्यक्रममा समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख रकम चेम्जोङले लिम्बुवान प्रदेश घोषणा गर्दै पार्टीले जम्मा १० प्रदेश घोषणाको योजना बनाएको बताए । पार्टीको निर्णयअनुसार फागुन २० गतेसम्म राज्य समितिहरू घोषणा भइसक्ने उपाध्यक्ष चेम्जोङले बताए ।
लिम्बुवानपछि क्रमशः किरात, मधेश, शेर्पा, ताम्सालिङ, नेवाः, तमुवान, मगरात, थरूहट र खसान प्रदेश समिति घोषणा गरिने उनले बताए ।
कार्यक्रममा पत्रकार भवानी बरालले प्रदेश समिति घोषणा अभियानलाई सकारात्मक लिँदै सबै पहिचानवादी राजनीतिक शक्तिहरूले घोषणा पत्रजस्तै व्यवहारमा आफनो प्रतिबद्धता उतार्नुपर्ने उल्लेख गरे । बरालले दलहरूबीच अहिलेको मूल विवाद प्रदेशको नामाकरण र सीमाङ्कन रहेकोले पहिचान खुल्ने गरी प्रदेशको नाम राखे सबै जनतामा राज्यप्रति अपनत्व बढेर आउने तर्क गरे ।
प्रतिक्रिया 4