+
+

केपी ओली नेपालकै छुच्चो नेता : बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २२ गते १५:४०

Baburam-bhattrai-press-meet

२२ माघ, गोरखा । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओली नेपालकै छुच्चो नेता भएको टिप्पणी गरेका छन् ।

गृह जिल्ला गोरखामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले भने, नेपालकै छुच्चो नेता को हो भन्यो भने केटाकेटीले समेत उहाँ (ओली) कै नाम लिन्छन् । अराजनीतिक भाषा प्रयोग गर्ने पजि उहाँ नै हो ।’

पछिल्लो समय कांग्रेस पनि एमाले अध्यक्ष ओलीकै पछि लागेको उनले बताए । सम्वाद समितिमा सहमति भएको विषय एमालेले हुन्न भनेपछि कांग्रेस पनि पछि हटेको भन्दै उनले भने’के छ कुन्नी, मोहनी लगाएको छ कि जादू गरेको छ, केपी ओली बोलेपछि कांग्रेसको त बोली नै फुट्दैन ।’

कांग्रेस-एमालेको लोकतन्त्र ‘नकचरो’

एमाओवादीका नेता भट्टराईले कांग्रेस-एमालेको लोकतन्त्र नकचरो लोकतन्त्र भएको टिप्पणी गरेका छन् ।

प्रक्रियाका सन्दर्भमा कांग्रेस र एमालेले दोधारे नीति अपनाएको भन्दै उनले भने -‘एकापट्टी सहमति-सम्झौताले नै निर्णय गर्ने भन्ने कुरालाई तोडेर एकतर्फी प्रश्नावली निर्माण गर्न समिति बनाएर हाम्रो विरुद्धमा गएका छन् । अर्कोतर्फ प्रश्नावली समिति प्रश्न पनि म नै बनाउँछु र भोट पनि मलाई नै हाल भन्छ ।’

उनले अघि भने-गाई परे पनि मेरै, त्रिशुल परे पनि मेरै भनेर गाई/त्रिशुल गरेजस्तो कांग्रेस-एमालेको लोकतन्त्र बढो चकचरो लोकतन्त्र भयो ।’

नदीका किनारालाई पानीले जोडेजस्तो जोड्नसक्छ

भट्टराईले एमाओवादी र राप्रपा नेपाल नदीका दुई किनाराजस्तो मिल्न नसक्ने राजनीतिक शक्ति भएको बताए ।

तर, पानीले नदीका दुई किनारा जोडेजस्तो केहीले जोड्न पनि सक्ने भन्दै उनले भने-‘राजनीतिक हिसाबले राप्रपा नेपाल र एनेकपा माओवादी नदीका दुई किनारा हुन् । ती समानान्तर ढंगले जाने किनारा हुन्, भेटिने किनारा होइनन् । कतिपय प्रक्रियागत कुरामा चाहिँ पानीले जोडेजस्तो जोड्न पनि सक्छ ।’

उनले आफूहरु शक्ति आर्जन गर्न गाउँ पसेको बताए । सत्तामा नहुँदा माओवादीको शक्ति पिनि छैन भन्ने ठानिएको भन्दै एमाओवादी नेता भट्टराईले भने-अब जनतासँग शक्ति लिएर काठमाडौं फर्किएर देखाउँछौं ।’

एमाओवादी नेता भट्टराईले कांग्रेस-एमालेले संख्याको दम्भ प्रदर्शन गरे इतिहास दोहोरिने चेतावनी दिए ।

संविधानसभाको अपहरण गर्न खोजिएको भन्दै उनले संविधानसभालाई ट्याकमा नफर्काएसम्म आफूहरु सहभागी नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?