+
+

प्रचण्डले भने-गिरिजाबाबु नहुँदा दुःख पाइयो (भिडियोसहित)

२३ माघ, विराटनगर । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नहुँदा आफूले दुःख पाएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २३ गते १५:३१

Prachand-Biratnagar
२३ माघ, विराटनगर । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नहुँदा आफूले दुःख पाएको बताएका छन् ।

स्वर्गीय कोइरालाकै गृहजिल्ला विराटनगरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘गिरिजाबाबु भएको भए अहिले सबै कुरा सहमतिमा हुन्थ्यो, तर अहिले मैले भनेको कुरा कांग्रेसका नेताहरुले मान्नुहुन्न, यतिबेला मलाई असाध्यै पीडावोध भएको छ ।’

गिरिजाप्रसाद कोइरालाको निधन पछि शान्ति सम्झौताको हस्ताक्षरकर्ता आफू मात्रै रहेको प्रसंग उल्लेख गर्दै उनले कांग्रेस-एमालेको अहिलेको नेतृत्वले विगतका सहमति र सम्झौतालाई लत्याएको आरोप लगाए ।

सशर्त वार्तामा बस्न तयार

कांग्रेस एमालेले विगतका सहमति र सम्झौता भन्दा बाहिर नजाने प्रतिबद्धता जनाए वार्तामा बस्न तयार रहेको प्रचण्डले स्पष्ट पारे । प्रश्नावली समितिले झन् विवाद बढाएको भन्दै उनले त्यसलाई खारेज गर्न नसके राजनीतिक वक्तव्य दिन माग गरे ।

उनले भने-‘प्रश्नावली समिति विघटन गर्न वा निलम्वन गर्न गाह्रो हुन्छ भने एउटा आधिकारिक राजनीतिक वक्तव्य दिनुस्, हामी शान्ति सम्झौता र अन्य सहमति भन्दा बाहिर जाने छैनौं भनेर भन्नुभो भने कुनै पनि बेला वार्तामा बस्न तयार छौं ।’

भिडियो हेर्नुस्

आफूहरु ६ देखि ९ प्रदेशमा छलफल गर्न तयार रहेको बताएपछि सहमति हुने सम्भावना देखेर काँग्रेस-एमाले डराएको उनले आरोप लगाए । एमाओवादीलाई बाहिरै राखेर संविधान जारी गर्ने षडयन्त्रले आफूहरुको लचकतालाई बेवास्ता गरेर बहुमतीय प्रक्रिया अघि बढाइएको प्रचण्डको भनाइ थियो ।

आरोपको खण्डन

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बैठकमा राखेको प्रस्तावलाई अस्वीकार गरेपछि सहमति भाँडिएको भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले त्यो आफूमाथि लगाइएको झुठो आरोप भएको बताए । गच्छदारले मोर्चामा छलफल नै नगरी एकाएक प्रस्तावका विषयमा जानकारी गराएको अवस्थामा आफूले यसबारे अझै छलफल आवश्यक रहेको बताएको प्रचण्डले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?