+
+

अमेरिकाको हिन्दु मन्दिरमा महाशिवरात्री पूजा  

अमेरिका । अमेरिकाको टेक्सास राज्यको डल्लासस्थित एनसीएससी पूजा समितिद्वारा आयोजित हिन्दू मन्दिरमा जम्मा भई नेपाली भक्तजनहरुले महाशिवरात्री पर्व धुमधामका साथ मनाएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ८ गते १६:५७

shivaratriविकास राज न्यौपाने

अमेरिका  । अमेरिकाको टेक्सास राज्यको डल्लासस्थित एनसीएससी पूजा समितिद्वारा आयोजित हिन्दू मन्दिरमा जम्मा भई नेपाली भक्तजनहरुले महाशिवरात्री पर्व धुमधामका साथ मनाएका छन्।

एनसीएससी पूजा समितिले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली समाजलाई धार्मिक कार्य सु-सम्पन्न गराउन सक्रिय गुरु डा. शेखर पण्डितले  बिहान  ७:०० बजे सुरु गरि  १०:३० बजेसम्म शिव-पूजन गरेका थिए । पंक्तिबद्ध बसेर पालैपालो शिवलिङ्गमा दूध अर्पण गर्ने ब्यवस्था  गरिएको थियो ।

भजन गाएर रमाइलो गर्दै पूजा आराधना गरेपश्चात भक्तजनहरुलाई प्रसाद ग्रहणको पनि ब्यवस्था गरिएको थियो । नेपाली समुदायको मन्दिरमा डिएफडब्लु मेट्रो लगायत आसपासका सहरहरुमा बसोबास गर्ने सयौ भक्तजनहरुको  उपस्थिति रहेको थियो ।

कार्यक्रममा एनसीएससी पूजा समितिका संयोजक रमेश पोखरेलले  उपस्थित भक्तजनहरुलाई स्वागत अभिनन्दन गरेका थिए ।

 त्यस्तैगरी भर्खरै प्रारम्भ भएको हरिहर शक्ति मन्दिरमा  बिहान ६ बजेदेखि १२ बजे सम्म मन्दिरमा शिव आराधना भइरह्यो । बिहानैदेखि पारिवारिक रुपमा रुद्रि गराउने, दुध पंचामृत चढाउने भक्तजनहरुको अनवरत आगमन र पूजापाठको आध्यात्मिक आनन्दको लहर चलिरह्यो। भर्खरै प्रारम्भ भएको हरिहर शक्ति मन्दिरमा पहिलोपटक आउने भक्तहरुको संख्या पनि उल्लेखनीय रह्यो।

बिहानदेखि बेलुकासम्म बाक्लो  रुपमा  भक्तजनहरुको आगमन भयो। बेलुका ६ बजे सामूहिक शिवपूजा र रुद्राभिषेक संपन्न भयो। तत्पश्चात पण्डित तुलसी रामबाट महाशिवरात्रीको उत्पत्ति, यस दिनको अद्भुत महिमा र शिवरात्रिको कथा वाचन गरिएको थियो । पूजापछि आरती र भजनकीर्तन समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?