+
+

गुजरातका स्वास्थ्यमन्त्री शंकर चौधरीलाई स्वाइन फ्लू

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १२ गते १०:२८

१२ फागुन, काठमाडौं । भारतको गुजरातका स्वास्थ्यमन्त्री शंकर चौधरीलाई स्वाइन फ्लू भएको पुष्टि भएको छ ।

Shankar-Chaudharyस्वास्थ्य परीक्षणका क्रममा चौधरीमा स्वाइन फ्लू  पोजेटिभ भेटिएको भारतीय टीभी आजतकले जनाएको छ ।

भारतमा स्वाइन फ्लूले महामारीको रुप लिएको छ । अहिलेसम्म ८३३ को मृत्यु भइसकेको छ भने १४ हजार संक्रमित भएका छन् ।

स्वाइन फ्लूबाट मृत्यु हुनेमा २१४ राजस्थानका छन् । गुजरातमा २०७ जनाले ज्यान गुमाएका छन् । राजस्थानमा २१०७ र गुजरातमा  स्वाथ्यमन्त्रीसहित ४५४९ संक्रमित भएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?