Comments Add Comment

अर्थशास्त्री भन्छन्- बजेट कार्यान्वयनमा सरकार असफल

Reporters club nepal१३ फागुन, काठमाडौं । आर्थिक वर्ष २०७१/७२ को बजेटको मध्यावधि समिक्षा गर्दै अर्थविद्धहरुले सरकारले समयमै बजेट ल्याएपनि बजेट कार्यान्वयनको सवालमा असफल भएको टिप्पणी गरेका छन ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनीहरुले तुलनात्मकरुपमा अघिल्लो बजेटभन्दा यस वर्षको बजेटका सूचकांकहरु नकारात्मक रहेको दाबी गरे ।

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर एवम राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले मुलुकको आर्थिक स्थिति निराशाजनक र विगतकोभन्दा ओरालो लागेको दाबी गरे । आर्थिक बृद्धिदेखि बजेट खर्च र बचत, बिप्रेसणसहितका सम्पूर्ण सुचकांकहरु अघिल्लो वर्षको तुलनामा नकारात्मक रहेको उनले बताए ।

‘१५ प्रतिसत रहेको निर्यात ११.५ प्रतिसतमा छ । सोधानान्तर घाटा ६ महिनामा ३४ अर्ब ३६ करोड हुनु राम्रो होईन । अघिल्लो वर्ष ५५ अर्ब चालुखातामा बचत रहेकोमा यस वर्ष ६ महिनामा १३ अर्ब ६४ करोड मात्र छ । यो सबै कुराहरुल्ााई हलगर्न राष्ट्रिय सरकार गठन गरेर अघि बढ्न सकिन्छ ।’ क्षेत्रीले भने ।

अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले पुँजी खर्च गर्न नसकेको कारण सरकारप्रति निजी क्षेत्रको विश्वास घटेको दावी गर्दै मुलुकमा आर्थिक तरलताको अवस्था भएको बताए ।

उनले मुद्रा स्पिmती बढीरहेको प्रतिचिन्ताब्यक्तगर्दै यसले बेरोजगारी बढ्ने, उत्पादित बस्तु खस्कने जस्ता रोग अर्थतन्त्रमा लाग्ने बताए ।
नेपालमा वित्त भए पनि बित्तीय ब्यस्थापन हुनन सकेको भन्दै हिजो मुलुक जहाँ थियो अहिले पनि त्यही रहेको ठोकुवा गरे ।

प्याकुरेलले पूर्वाधारको विकास नगरी जनतालाई सन् २०२२ सम्ममा विकासोन्मुख राष्ट्रको सूचिमा पुर्याउँछौ भन्ने झुठो सपना नदेखाउन सुझाव दिए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले सरकारले तीन दर्जन ऐन नियम ल्याए पनि त्यसअनुसार सरकारले काम गर्न नसकेको भन्दै अर्थतन्त्रमा रहेका विकृतिहरुमा ब्यापक सुधारको आवश्यकता औल्याए ।

‘विकास खर्च गर्ने सवालमा मन्त्रालयहरुबीचसमेत समन्वयन हुन सकेन । राष्ट्रिय गौरबका आयोजनाहरु अघिल्लो वर्ष ३१ प्रतिसत प्रगति भएको प्रगति यो वर्ष घटेर २६ प्रतिशतमा आएको छ । यसको महिनै पिच्छे अनुगमन गर्नु पर्छ ।’ शर्माले भने ।

अर्थविद्ध डा. गोविन्दबहादुर थापाले सरकारले विकासलाई महत्व नै नदिएको आरोप लगाउँदै विकास गर्नु पर्ने अधिकांश समय कर्मचारीको सरुवा र बढुवामै अल्भिmएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment