दक्षिण अफ्रिकाका चिकित्सकहरुले बिश्वमै पहिलोपटक लिंग प्रत्यारोपण गरी सफलता हाँसिल गरेको दाबी गरेका छन् ।
केपटाउनस्थित टाइबरबर्ग अस्पताल र टेलेनेबाश युनिभर्सिटीले संयुक्त रुपमा गरेको अपरेशन नौं घन्टामा पुरा भएको थियो ।
अप्रेसन गत डिसेम्बरमै सम्पन्न भए पनि त्यसले सफलतापूर्व काम गरेपछि शुक्रबारमात्रै घोषणा गरिएको हो ।
यसअघि पटकपटक लिंग प्रत्यारोपणका लागि प्रयास भएपनि सफल हुन सकेको थिएन् । तर, दक्षिण अफ्रिकामा भएको यो अप्रेसन सफल भएको उनीहरुको दावी छ ।
पछिल्लोपटक चीनमा यस्तै प्रयास भएको थियो । तर, त्यो सफल हुन सकेन ।
चिकित्सकहरुले लिंग प्रत्यारोपण गरिएका व्यक्तिको नाम गोप्य राखेको छ । यी २१ बषिर्य युवकले तीन वर्षअघि एक दुर्घटनामा लिंग गुमाएका थिए । मृतक एक दाताको लिंग निकालेर प्रत्यारोपण गरिएको थियो ।
अहिले २१ वषर्ीय युवकको शरीरले प्रत्यारोपित अंगलाई स्वीकार गरिसकेको छ । चिकित्सकहरुका अनुसार यी युवकको लिंगले यौन क्रियाकलापसमेत गर्न थालेको छ जसले गर्दा उनी निकै उत्साहित भएका छन् ।
टीमका प्रमुख आन्द्रे वान डेर मर्वले मेडिकल साइन्सका लागि यो ठूलो उपलब्धी भएको बताए ।
तन्नेरी अबस्थामै लिंग गुमाउनुपर्दा बिश्वभर निकै ठूलो संख्यामा युवकहरु डिप्रेसनको सिकार हुने गरेका थिए । कतिपयले यही कारण आत्महत्या गरेकोसमेत पाइएको छ ।
तर, लिंग प्रत्यारोपणमा पाएको सफलताले यस्तो दुर्घटनामा आफ्नो महत्वपूर्ण प्रजनन अंग गुमाएका पुरुषलाई निकै ठूलो राहत मिल्ने भएको छ ।
अस्पतालका अनुसार यो सफलतापछि अन्य बिरामीको पनि अप्रेसन गर्ने तयारी भइरहेृको छ । अहिले नै ९ जना युवा लिंग प्रत्यारोपणका लागि प्रतिक्षाको सूचीमा छन् ।- बीबीसी, द टेलिग्राफ
प्रतिक्रिया 4