२५ चैत, काठमाडौं । राजधानीको सिटिसी मलमा आयोजना हुन लागेको सामसुङ मोबाइल एक्स्पोको तयारी पुरा भएको छ । मेला चैत २७ देखि बैशाख ५ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
सिटिसी मलले आयोजना गर्न लागेको मेलाका सम्पूर्ण स्टलहरु तयार भइसकेका छन् । साथै, मेला अबधिभर बिक्री वितरण गरिने मोबाइल तथा एशोसरिज पनि आइसकेको बताइएको छ ।
सिटिसी मललाई इलेक्ट्रोनिक्स हबको रुपमा प्रबर्द्धन गर्न नयाँ बर्षको अवसर पारेर मोबाइल मेला आयोजना गर्न लागिएको हो । मेलामा निःशुल्क प्रबेशको व्यवस्था गरिएको छ ।
मलको तेस्रो, चौथो र पाँचौ तल्लामा मेला आयोजना गर्न लागिएको हो । मेलामा सहभागी पसलहरुले उपभोक्ताका लागि आ-आफ्नै किसिमले छुट अफर ल्याएका छन् ।
उपभोक्तालाई छुटैछुट
‘सुचना प्रबिधिको नयाँ आधार, सबैका लागि सिटिसी मोबाइल बजार’ नारासहित सुरु हुन लागेको मेलामा ‘नझुक्याउने पक्का पर्ने’ अफरहरु राखिने भएको छ । हरेक घण्टामा ५५ प्रतिशत क्यास ब्याक अफर, प्रत्येक मोबाइलको खरिदमा ८ देखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको आयोजकले जनाएको छ । साथै, लक्की ड्र गरि दैनिक ५ वटा मोबाइल वितरण गरिने छ ।
एसएलसी दिएकालाई बिशेष अफर
मेलामा एसएलसी दिएर बसेका बिद्यार्थीलाई प्रबेशसँगै लक्की ड्र मा समावेश गरेर दैनिक एकवटा मोबाइल जित्ने अवसर प्रदान गरिने भएको छ । यसका लागि विद्यार्थीहरुले एसएलसीको प्रवेशपत्र अनिवार्य ल्याउनुपर्ने हुन्छ ।
एनसेलको पनि अफर
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले एक सीम किन्दा अर्को सीम सित्तैमा दिने व्यवस्था मेलामा गर्दै छ । साथै, ग्राहकहरुलाई उपहार किट पनि वितरण गर्ने तयारीमा एनसेल छ ।
नयाँ मोबाइल र प्रविधी
मेलामा सामसुङ, माइक्रोम्याक्स, कलर्स, जियोनी, बर्ड मोबाइल लगायतले आफ्ना नयाँ मोबाइल सार्वजनिक गर्ने घोषणा गरिसकेका छन् । दर्जन बढी मोबाइल सार्वजनिक गरिने मेलामा आधुनिक प्रविधिका मोबाइल, ट्याब्लेट, फ्याब्लेट, आइप्याड, आइफोन तथा मोबाइल एशोसरिजहरु बिक्री वितरण हुनेछन् ।
सवा लाखसम्मका मोबाइल
मोबाइल बजारले गर्न लागेको मेलामा एक हजार रुपैयाँदेखि ए लाख रुपैयाँसम्म पर्ने मोबाइल सेटहरु उपलब्ध हुनेछन् ।
कुन तल्लामा के छ ?
मलको तेस्रो तल्लामा फुडकोर्ट, गेमिङ जोन, टच एण्ड फिल जोन, फेस पेन्टिङ लगायतका स्टलहरु रहनेछन् । चौथो तल्लामा ५० भन्दा बढी मोबाइल पसल रहने बताइएको छ । यही तलाको चारै कर्नरमा बिभिन्न कम्पनीले आफ्नो स्टल राखी अबलोकनकर्तालाई आफ्ना प्रडक्टका बारे जानकारी दिनेछन् ।
यसैगरि पाँचौ तल्लामा ४० भन्दा बढी मोबाइल स्टलहरु रहनेछन् भने पानासोनिक र कार्बनको सर्भिस सेन्टर रहने छ । सिटिसी मलको ग्राउण्ड फ्लोरमा बिभिन्न कम्पनीले टच एण्ड फिल गराउँदै मेला अबधीभर मनोरञ्जनात्मक गेम खेलाउने छन् ।
एसएलसी उत्कृष्ट दुइलाई स्मार्टफोन
एसएलसी दिएर बसेका विद्यार्थीमध्ये उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई ५० हजार भन्दा बढीको स्मार्टफोन प्रदान गरिने बताइएको छ ।
छात्रवृतिको घोषणा
सिटिसी मोबाइल बजारलेे मुनाफा रकमबाट केहि बचाएर ५ जनालाई १ कक्षा देखि १० कक्षासम्म निःशुल्क पढाउने छात्रबृति योजना ल्याएको छ । यो छात्रवृति योजनाको नाम ‘सिटिसी मोबाइल बजार छात्रवृति योजना’ रहनेछ ।
प्रतिक्रिया 4