१ बैशाख, काठमाडौं । बहुप्रतिक्षित स्मार्टफोन सामसुङ ग्यालेक्सी ‘एस-६’ र ‘एस-६ एज’ बैशाख ३ गते नेपाली बजारमा भित्रिने भएको छ । सामसुङ मोबाइलको नेपाली बिक्रेता आइएमएसले राजधानीमा भव्य समारोह आयोजना गरी दुई स्मार्टफोन सार्वजनिक गर्दैछ ।
आइएमएसले दुबै स्मार्टफोन ३२ जीबी स्टोरेज क्षमतामा भित्राउन लागेको जनाएको छ ।
नेपाली बजारमा ३२ जीबीको ‘एस-६’ ८५ हजार रुपैयाँ र ‘एस-६ इज’ ९५ हजार रुपैयाँको हाराहारीमा पर्ने आइएमएसका अध्यक्ष दीकेश मलहोत्राले केही दिन अगाडि अनलाइनखबरसँग बताएका थिए ।
प्रि-बुकिङ
आइएमएसले चैत १८ गतेदेखि नै दुबै फोनको प्रि-बुकिङ सुरु गरेको थियो । पि्र-बुकिङ गर्ने ग्राहकहरुलाई कम्पनीले विभिन्न फेसिलिटिजहरु उपलब्ध गराउने मलहोत्राले जानकारी दिए ।
‘पि्र-बुकिङकर्तालाई विभिन्न एसेसोरिज वा अन्य गिफ्टहरु उपलब्ध गराउने योजनामा छौं’ मलहोत्राले भने- ‘के-के उपलब्ध गराउने भन्ने अझै तय भइसकेको छैन्, यो पक्का हो आकर्षक उपहार दिन्छौं ।’
यस्ता छन् सुविधाहरु
यी स्मार्टफोनमा आइफोनमा जस्तै मेटल कभर प्रयोग गरिएको छ । दुवै मोडलमा उस्तै-उस्तै फिचर भएपनि एस सिक्स इजमा छेउपट्टी केही घुमाउरो स्क्रिन छ, जसलाई बेग्लै स्क्रिनका रुपमा चलाउन सकिन्छ । अर्थात, कन्ट्याक्ट, नोटिफिकेसन लगायतका सूचना त्यही घुमाउरो स्क्रिनबाटै थाहा पाउन सकिन्छ ।
सामसुङले स्क्रिन डिस्प्लेमा सुधार गरी निकै सफा र स्मार्ट बनाएको छ । फिंगर प्रिन्टलाई सुधार गरी होम बटनमा समावेश गरेको छ । अब एस ५ जस्तो फिंगर प्रिन्टका लागि स्वाइप गर्नुपर्दैन् ।
के-के छन सुबिधा ?
सामसुङले दुबै फोनमा ५.१ इञ्चको क्वाड एचडी सुपर एमलोड डिस्प्ले प्रयोग गरेको छ । २.१ गीगाहर्ज इक्जाइनस अक्टाकोर प्रोसेसर प्रयोग गरिएको हुँदा स्मार्टफोन उच्च गतिमा चल्नेछ । दुबै फोनमा एन्ड्रोइड ५.०.२ ललिपप अपरेटिङ सिष्टम र तीन जीबी र्याम रहेको छ ।
स्मार्टफोनको पछाडि १६ मेगापिक्सेल र अगाडि ५ मेगापिक्सेल क्यामेरा राखिएको छ । जसले कम प्रकाशमा पनि उच्च गुणस्तरको फोटो खिच्न सकिन्छ । दुबै फोनमा क्लिक लञ्च फिचर भएको हुँदा होम बटन थिच्दा ०।७ सेकेन्डमा क्यामेरा खुल्छ ।
एस ६ मा २५५० एमएएच क्षमताको ब्याट्री रहेको छ भने एस ६ एजमा २६०० एमएएच क्षमताको ब्याट्री रहेको छ । यी स्मार्टफोनको सबैभन्दा राम्रो विशेषता भनेको वायरलेस चार्जिङ सपोर्ट हो ।
प्रतिक्रिया 4