च्याम्पियन्स लिगमा रियल र एथ्लेटिको मड्रिडले बराबरी खेले
२०७२ वैशाख २ गते ८:४९
२ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड र एथ्लेटिको मड्रिडले बराबरी खेलेका छन् ।
मंगलबार राति भएको मड्रिड डर्बी गोलरहित बराबरीमा सकिएको हो ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरे । उनले ग्यारेथ बल र जेम्स रोड्रिग्वेजको प्रहारको उत्कृष्ट बचाउ गरे ।
एथ्लेटिको मड्रिडका मारियो स्वरेजले पनि गोल गर्ने मौका खेल फालेका थिए । दोस्रो लेग २२ अप्रिलमा रियल मड्रिडको घरेलु मैदानमा हुनेछ ।
युभेन्टसको संघर्षपूर्ण जित
अर्को खेलमा युभेन्टसले मोनाकोविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ । युभेटन्सले मोनाकोमाथि १-० को जित निकालेको हो । उसका लागि ५७ औं मिनेटमा भिडालले पेनाल्टी गोल गरेका थिए ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4