+
+

घाइतेको उपचारमा आनाकानी गर्ने स्वास्थ्य संस्थालाई कारबाही गरिने

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १९ गते १५:४४

१९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी स्वास्थ्य संस्थाले भूकम्पबाट घाइते भएका बिरामीको उपचार निःशुल्क नगराएको पाइएमा कारबाही गर्ने भएको छ ।

hospital (26)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले विपत्तिमा परेकालाई सहज र सुलभरुपमा स्वास्थ्य सेवा नदिने स्वास्थ्य संस्थालाई कारबाही गर्न निर्देशन दिएको मन्त्रीका प्रेस संयोजक सुदन ज्ञवालीले जानकारी दिए ।

 घाइतेको उपचार गरेको विवरणसहित अस्पतालले दिने बिलका आधारमा सरकारले पछि भुक्तानीको व्यवस्था गरिएको छ । केही स्वास्थ्य संस्थाले घाइतेसँग रकम माग्ने प्रयास गरेको गुनासो आएको सन्दर्भमा मन्त्रालयले त्यस्तो दिर्नेशन दिएको हो ।

 मन्त्रालयले औषधिलगायत सामग्री सहज र सुलभ रूपमा उपलब्ध गराउन आग्रह पनि गरेको छ । गत शनिबार गएको विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा अहिलेसम्म मन्त्रालयले विभिन्न ५४ राष्ट्रिय अन्तर्राष्ट्रिय चिकित्सक टोली परिचालन गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?