+
+

कांग्रेस नेता कार्कीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ९ गते १०:५२

९ असार, धनकुटा । नेपाली कांग्रेस धनकुटा क्षेत्रनम्वर १ का सभापति गोविन्द कार्कीको बुधबार निधन भएको छ ।

भेडेटारस्थित आफ्नै घरको स्नान कक्षमा बेहोस भेटिएका कार्कीलाई बिहान ८ बजे धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । त्यसलगत्तै चिकित्सकहरुले कार्कीलाई मृत घोषित गरेको कांग्रेस धनकुटाका प्रचार विभाग प्रमुख बिजयसन्तोषी राईले बताए ।

कार्कीको निधनमा धनकुटा कांग्रेसले ३ दिनसम्म शोक मनाउने घोषणा गरेको छ ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित ५३ वर्षीय कार्कीका श्रीमति, छोरी र एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?