+

अफगानिस्तानलाई हराउँदै नेपाल फाइनलमा

२०७२ भदौ  १० गते १४:२१ २०७२ भदौ १० गते १४:२१
अफगानिस्तानलाई हराउँदै नेपाल फाइनलमा

nepal vs afganistan (10)१० भदौ, काठमाडौं । अफगानिस्तानलाई पराजित गर्दै नेपाल यू-१९ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले अफगानिस्तानलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा नेपालले ३४ औं मिनेटमा अग्रता लिएको थियो । सुनिल बलको कर्नरमा अन्जन विष्टले हेड गोल गरे ।

दुई मिनेट लगतै अन्जनले पेनाल्टीमार्फत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । उनले पहिलो पटक बल प्रहार गर्दा अन्य खेलाडी अघि बढेको भन्दै रेफ्रीले फेरि पेनाल्टी हान्न लगाएका थिए ।

दोस्रो हाफको सुरुमा नै नेपालले गोल खायो । बल क्लियर गर्ने क्रममा अन्जनले आत्मघाती गोल गरे ।

तर, सुनिल बलले उत्कृष्ट फ्रीकिक गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाएका छन् । ७२ औं मिनेटमा नेपालले गोल खाएको छ ।

थप तस्वीर हेर्नुस्

 nepal vs afganistan (11) nepal vs afganistan (12) nepal vs afganistan (6) nepal vs afganistan (4) nepal vs afganistan (13)

तस्वीर : कविन अधिकारी/अनलाइनखबर

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय