+

राष्ट्रव्यापी विद्यालयस्तरीय टेटे भोलिदेखि

२०७२ भदौ  २४ गते १५:३७ २०७२ भदौ २४ गते १५:३७
राष्ट्रव्यापी विद्यालयस्तरीय टेटे भोलिदेखि

२४ भदौ, काठमाडौं । चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा पुष्पकुञ्ज उमाविको संयुक्त आयोजनामा हुने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने पुष्पकुञ्जका संस्थापक पि्रन्सिपल एकबहादुर आलेले जनाएका छन् ।

यु-१२ र यु-१६ ब्वाइज/गर्ल्स सिंगल्स तथा ब्वाइज/गल्र्स टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यु-१२ ब्वाइजमा ४१ र गल्र्समा ११ तथा यु-१६ ब्वाइजमा ९० र गल्र्समा २१ खेलाडी सहभागी हुने छन् । टिम इभेन्टको ब्वाइजमा ९ र गल्र्समा ७ टिमले भाग लिने छन् ।

यु-१२ का विजेताले ५ हजार, उपविजेताले ३ हजार र तेश्रो हुनेले १/१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै यु-१६ मा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २/२ हजार नगद पुरस्कार हात पार्नेछन् । टिम इभेन्टमा नगद पुरस्कार राखिएको छैन ।

विभिन्न २९ विद्यालयको सहभागिता दुईदिने प्रतियोगिताका खेलहरु सामाखुशीको मित्रनगरस्थित आयोजक पुष्पकुञ्जमै हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय