+
+

अधिकांश महिलामाथि साइबर हिंसा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते ८:३१

women-suffer-online-abuse

संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार विश्वमा इन्टरनेटको पहुँचमा रहेका मध्ये तिन चौथाइ महिला कुनै न कुै प्रकारको साइबर हिंसाबाट पीडित रहेका छन् ।

विभिन्न ८६ देशमा गरिएको अध्ययन अनुसार १८ देखि २४ वर्ष सम्मका अनलाइन प्रयोगकर्ता महिलाहरुले अनलाइनमा यौन दुव्र्यवहार तथा धम्कीको सामना गर्नुपरेको छ । इन्टरनेट प्रयोगकर्ता महिलामध्ये हरेक ५ जनामा एकजना महिला यस्तो देशका बासिन्दा रहेका छन् जहाँ अनलाइनमा महिलालाई दुव्र्यवहार तथा हिंसा गर्ने दोषीमाथि कारवाही हुने सम्भावना अत्यन्तै न्यून रहेको छ ।

कम्ब्याटिंग अनलाइन भायलेन्स अगेन्स्ट वुमेन एण्ड गर्ल्स : ए वर्ल्डवाइड वेकअप कल शीर्षकमा राष्ट्रसंघीय ब्रोडब्याण्ड कमिसनले प्रतिवेदन सार्वजनिक गरेको हो ।

इन्टरनेट स्वतन्त्रताको सक्कली रुपलाई अनलाइन हिंसाले विकृत बनाएको भन्दै राष्ट्रसंघीय महिला आयोगकी अधिकारी फुम्जील लाम्बो गुकुआ भन्छिन्, यसले कतिपय अवस्थामा बेमानी हिंश्रकतालाई प्रश्रय दिएको तथा महिला तथा छोरीहरुमाथि हानिकारक कार्यलाई बढावा दिएको छ ।

अनलाइन हिंसाले गरेको क्षतिको मात्रा तथा गहिराइका विषयमा गहन अध्ययन गरी यसलाई रोक्नका लागि ससक्त तथा ठोस कदम चाल्नुपर्ने राष्ट्रसंघको भनाइ छ ।

अनलाइन हिंसा रोक्नका लागि विश्वव्यापी फ्रेमवर्क बनाइनुपर्ने र त्यसका लागि थ्री एस अर्थात् सेन्सेटाइजेसन (सचेतता), सेफगार्ड (सुरक्षा) र स्यांक्सन (प्रतिबन्ध) जस्ता विषयलाई आधार बनाइनुपर्ने सुझाव राष्ट्रसंघको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?