+
+

सुशील कोइराला राष्ट्रपति हुनसक्ने चार आधार

२ कात्तिक, काठमाडौं । आफूलाई नेपाली कांग्रेसका कार्यकर्ता कताउने अधिकांशले यतिबेला चोक-चोकमा भन्ने गरेका छन्- ‘सुशील कोइराला राष्ट्रपति बन्ने मान्छे हुन्, तर केपी ओलीसँग प्रधानमन्त्रीमा चुनाव लडेपछि अब कोइराला राष्ट्रपति बन्ने सम्भावना सकियो । कोइराला अब कांग्रेसको महाधिवेशनमा पनि हार्छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २ गते १८:०५

file photo

अरुण बराल/विश्लेषण

२ कात्तिक, काठमाडौं । आफूलाई नेपाली कांग्रेसका कार्यकर्ता कताउने अधिकांशले यतिबेला चोक-चोकमा भन्ने गरेका छन्- ‘सुशील कोइराला राष्ट्रपति बन्ने मान्छे हुन्, तर केपी ओलीसँग प्रधानमन्त्रीमा चुनाव लडेपछि अब कोइराला राष्ट्रपति बन्ने सम्भावना सकियो । कोइराला अब कांग्रेसको महाधिवेशनमा पनि हार्छन् ।’

के साँच्चै अब राष्ट्रपति बन्ने सुशील कोइरालाको सम्भावना सकिएकै हो त ? कि अझैसम्म उनी राष्ट्रपति बन्ने सम्भावना बाँकी छ ? यसबारे विश्लेषण गर्दा राष्ट्रपतिमा कोइरालाको सम्भावनालाई आधार दिने चारवटा पक्षहरु देखिन्छन् :

१. माधव नेपालको भनाइ : राजनीतिमा स्थायी शत्रु कोही पनि हुँदैन भन्ने मान्यता बोकेका एमाले बरिष्ठ नेता माधवकुमार नेपालले यदि नेपाली कांग्रेसले गल्ती स्वीकार गर्छ भने उसलाई राष्ट्रपति दिन सकिने केही दिनअघि उदघोष गरे ।

२. प्रधानमन्त्री ओलीको प्रस्ताव : माधव नेपालले कांग्रेसलाई राष्ट्रपति दिन सकिने भनिरहँदा विद्या भण्डारीलाई राष्ट्रपति बनाउने सोचिरहेका प्रधानमन्त्री केपी ओलीले पक्कै पनि नमीठो माने होलान् भन्ने धेरैको अनुमान थियो । तर, त्यो अनुमान विपरीत सोल्टी होटलमा एनआरएनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसलाई बाख्रो र कुखुरो होइन, हात्ती र घोडा नै दिने सकिने बताए ।

प्रधानमन्त्री ओलीले सुशील कोइरालालाई जुवाको एउटा पारी बोक्न समेत आग्रह गरे । यसको सोझो अर्थ कांग्रेसलाई राष्ट्रपति दिने र सरकारमा ल्याउने प्रधानमन्त्रीको चाहना छ ।

एमाले अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालका यी अभिव्यव्यक्तिहरुले अझै पनि पूर्वप्रधानमन्त्री सुशील कोइराला राष्ट्रपति बन्ने सम्भावना नसकिएको संकेत गरेका छन् ।

३. ‘राष्ट्रवादी’ पहिचान : अहिले गठन भएको ओली नेतृत्वको सरकार भारतीय चलखेललाई ‘क्रस’ गर्दै राष्ट्रवादका आधारमा बनेको हो । अब राष्ट्रपतिको चुनावमा पनि भारतलाई खुशी पार्न भारतको ‘पपेड’लाई उभ्याउने कि राष्ट्रवादी अडान भएको राष्ट्रवादी व्यक्तिलाई राष्ट्रपति बनाउने भन्ने प्रश्न उठ्न सक्छ ।

यो अवस्थामा निश्चित छ कि भारतले सबैभन्दा नरुचाएका पात्र सुशील कोइराला नै हुने छन् । त्यसैले यो सरकार राष्ट्रवादी छविको मानिसलाई राष्ट्रपतिको कुर्सीमा राख्न चाहन्छन् र त्यस्तो व्यक्ति नेपाली कांग्रेसबाटै खोज्ने हो भने सुशील कोइराला नै सबैभन्दा उपयुक्त पात्र हुने छन् ।

राष्ट्रपतिको गरिमालाई सुहाउने उच्च तहको व्यक्ति पनि उनै देखिन्छन् । विगतमा एमाओवादीले गिरिजालाई राष्ट्रपति नबनाएर गल्ती गरिएछ भनिरहेको परिपेक्ष्यमा एमालेले आफूलाई सच्याएर कांग्रेसलाई हात्ती घोडा दिने आश्वासन दिएको हुन सक्छ ।

४. सिटौलाको उपप्रधानमन्त्री बन्ने इच्छा

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री र गृहमन्त्री हुने सोचेका थिए । तर, पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि सिटौलाको सपनामाथि ठेस लागेको छ ।

आफ्नो यो सपनालाई पूरा गराउनका लागि सिटौला फेरि सक्रिय बनेका छन् । प्रचण्डदेखि एमाले नेतासम्म भेटघाटलाई तिव्रता दिँदै सिटौलाले राष्ट्रपतिमा सहमति भए आफूहरु सरकारमा आउने ‘बार्गेनिङ’ थालिसकेका छन् । यही बार्गेनिङको एउटा ‘चिप्स’ हो सभामुखको चुनावमा कांग्रेसले जनाएको सहमति ।

सिटौलाले थालेको यो अभियानले सार्थकता पायो भने सुशील कोइरालाई राष्ट्रपति बन्ने मार्ग प्रशस्त हुनेछ ।

कोइरालालाई छेक्ने ४ तत्व :

राष्ट्रपति बन्ने कोइरालाको सम्भावना नसकिए पनि उनलाई छेक्ने केही पक्षहरु पनि निकै बलिया छन् । ती यसप्रकार छन्:

१. राष्ट्रपति एमालेले लिनुपर्छ भन्ने मत : राम्रा मन्त्रालयजति एमाओवादीलाई दिएर मूर्झाएको एमालेभित्र आफ्नै दलबाट राष्ट्रपति हुनुपर्छ भन्ने मत बलियो छ । उपाध्यक्ष विद्या भण्डारीले आफूलाई राष्ट्रपतिमा प्रचण्डले समर्थन जनाइसकेको निकटस्थहरुलाई बताइसकेकी छिन् ।

त्यसैगरी झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ पनि एमालेभित्र राष्ट्रपतिका दाबेदार मानिन्छन् । त्यसो त महाधिवेशनका बेला केपी ओलीले झलनाथ खनाललाई राष्ट्रपति बनाउने आश्वासन दिएको चर्चा पनि हुने गरेको छ ।

यो स्थितिमा एमाले बाहिरबाट अमिक शेरचन, मोहनविक्रम सिंह आदिको पनि नाम चर्चामा आएको छ ।

२. जनजाति, मधेसी वा महिलाको चर्चा : राष्ट्रपतिमा दलित, मधेसी वा जनजाति समुदायको व्यक्ति हुनुपर्छ भन्ने बलियो मत छ । त्यो अवस्थामा कांग्रेसले नै राष्ट्रपति पाउने भयो भने पनि बाहुन समुदायका कोइरालाले नपाएर कुलबहादुर गुरुङ वा मानबहादुर बिश्वकर्माले पाउन सक्छन् । यसै सिलसिलामा महन्थ ठाकुरको नाम पनि अघि सरेको छ ।

३. भारतको इच्छा : अहिलेको सरकारले भारतलाई रिझाउने नीति लिन्छ या भारतलाई ‘क्रस’ गर्ने साहस देखाउँछ भन्ने विषयले पनि राष्ट्रपति को बन्ने भन्ने तय हुन सक्छ ।

सुशील कोइरालालाई भारतले रुचाएको छैन । शायद यही भएर अहिलेको सरकार भारतलाई रिझाउनतिर लाग्छ या ‘देखाइदिने’ अभियानमा लाग्छ, यसले राष्ट्रपतिको छनोटमा प्रभाव पार्ने छ ।

हुनत नेपालको आन्तरिक राजनीतिमा भारतलाई जोड्नु जायज होइन । तर, राष्ट्रवादको वकालत गरेर सरकारमा पुगेका प्रमुख दलहरुले प्रधानमन्त्रीको चुनावलाई समेत भारत-नेपालवीचको प्रतिस्पर्धाजस्तै गरी प्रस्तुत गरेको सन्दर्भमा राष्ट्रपतिको चुनावमा त्यसो नहोला भन्न सकिन्न ।

पहिलो राष्ट्रपतिको चुनावमा पनि रामवरण र रामराजालाई नेपाल र भारतको बतायएको थियो । पछि एमाओवादीले कटवाल काण्डमा रामवरणलाई समेत भारतको पिछलग्गु बनेको आरोप लगाउन भ्यायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?